१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar दूरसञ्चार सेवाको गुणस्तर सुधार्न मन्त्री तिमिल्सिनाको निर्देशन News Polar कांग्रेस नेता आङदेम्बेको टिप्पणी : ‘बलियो जनमत पाए पनि सरकारको शासन सञ्चालन कमजोर’ News Polar काँग्रेस विरोधी गतिविधिमा लाग्नेलाई अनुशासन समितिले कारबाही गर्ने News Polar २० वर्षदेखि थन्किएका संक्रमणकालीन न्यायका फाइल तत्काल अघि बढाउन सांसद बास्कोटाको माग News Polar नियुक्ति प्रक्रियामा ढिलाइ र निमित्तको निरन्तरतामाथि एमाले सांसद सिद्धिकीको प्रश्न News Polar सुनचाँदीको मूल्य बिहीबार पनि स्थिर News Polar सङ्घीय संसद्‌का दुवै सदनको चालु अधिवेशन असोज १६ गते मध्यरातिदेखि अन्त्य News Polar महाधिवेशन निर्वाचनपछि पार्टीविरोधी गतिविधि गर्नेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी News Polar नेपाली रुपैयाँका लागि छुट्टै मुद्रा चिह्न बनाउन विपिन आचार्यको माग News Polar सङ्घीय निजामती सेवा विधेयक संसद्‌मा दर्ता News Polar संघीय निजामती सेवा विधेयक संसद्मा, प्रशासन सुधारको बलियो आधार बन्ने मन्त्रीको विश्वास News Polar सभामुखले बोल्न समय दिएपछि सांसद राईको छोटो जवाफ– ‘कुरा त्यही हो हजुर’ News Polar स्वदेशमै उत्पादित रासायनिक मलको खरिद सुनिश्चित गर्न अध्ययन कार्यदल गठन News Polar ‘आफ्नै खेत बगेको भन्दा वडा भवन ढलेकामा दुःख लागेको छ ’ News Polar पुस्तौँको अनुभव अब राष्ट्रको सम्पत्ति : ‘ज्येष्ठ नागरिक अनुभव बैंक’ बनाउँदै महिला, बालबालिका मन्त्रालय News Polar ट्रम्पद्वारा भारतीय पाइलटको प्रशंसा News Polar ज्येष्ठ नागरिकलाई ज्ञान र अनुभवको सामाजिक सम्पदाका रूपमा सम्मान गर्नुपर्छ : मन्त्री बादी News Polar जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार लागुऔषध मुद्दाका प्रतिवादी पुनः पक्राउ News Polar दसैँअघि नै बर्दिया–कैलालीका उखु किसानले बक्यौता पाउने News Polar सुनसरीमा ५६४ किलो गाँजासहित सुमो बरामद, चालक फरार

घाट, शव र अस्पताल

घाट, शव र अस्पताल
अ अ+ अ-

प्रदिप ढकाल । पशुपति क्षेत्रमा काम गर्छु म । आजकल भक्तजनसँग खासै अन्तरक्रिया हुँदैन । भक्तजनको संख्या गन्न छाडेर आजकल शव गन्न थालेको छु । आज दिउँसो कार्यक्षेत्रमै हिँडिरहेका थियौँ । मेरा सहकर्मी कार्यकारी निर्देशक डा। घनश्याम खतिवडाले भन्नुभयो – सचिवज्यू, यो बेलामा घाटमा शवहरु निकै नै कम आइरहेका छन्, यसको कारण के होला ? हो त है – हामी मनन् गर्न थाल्यौँ । ‘बढी शव आउने ठाउँ अस्पतालहरु बन्द नै छन्’, ‘अस्पतालमै धेरैको ज्यान जाने रहेछ कि क्या हो ?’ – हामीले ठट्टा गर्यौँ ।

मेरो मनमा यही कुरा खेल्न थाल्यो । कोरोना कहरका कारण चारैतिर बन्द छ । मानिसहरु घरबाट बाहिर निस्कन पाएका छैनन् । सवारी साधन निकै कम छन् । मैले ट्राफिक प्रहरी महाशाखाका एसएसपी मेरा बन्धु भीम ढकाललाई फोन गरेँ । उहाँले दिनुभएको जानकारी अनुसार औसतमा देशभरमा दैनिक ७ जना र काठमाडौँ उपत्यकामा दैनिक १ जना व्यक्तिको सवारी दुर्घटनाका कारण मृत्यु हुँदो रहेछ ।

पशुपति क्षेत्रका आर्यघाट, भष्मेश्वर घाट र विद्युतीय शवदाहगृहमा गरी दैनिक २५ देखि ३५ शवहरु दहन हुन्छन् । तर अहिले दैनिक औसतमा १० देखि १५ वटा शवदहन गर्न ल्याइन्छन् । बाँकी संख्या खोइ त ? ल दुर्घटनाबाट मृत्यु हुने १ जना घटे । टाढाटाढाबाट ल्याउने पनि ल २ जना नै मानौँ । अरु खोइ त ? मैले उपत्यकाका अन्य क्षेत्रमा साथीहरुलाई बुझ्न पठाएँ – तर त्यता पनि त्यस्तो कुनै अस्वाभाविक चाप देखिएन, बरु कम नै देखियो ।

कतै अस्पतालहरु बन्द भएकै कारण शवको संख्यामा कमी भएको त होइन रु यो प्रश्न मेरो मथिङ्गलमा नाचिरहेको छ । हामीले दायाँ खुट्टा भाँच्चिदा बायाँ खुट्टामा अपरेसन गर्ने प्रवृत्ति पनि देख्दै आएका छौँ । त्यस्तै कतिपय नीजि अस्पतालले मरिसकेका विरामीलाई कैयौँ दिनसम्म भेन्टिलेटरमा राखेर खर्च अत्यधिक गराउँछन् भन्ने आम जनताको गुनासो पनि सुन्दै आएकै छौँ ।

अहिले कतिपय नीजि अस्पतालहरु बन्दजस्तै छन् । मानिसहरु घरघरमै छन् । अस्पतालहरुले सामान्य रुघाखोकी र ज्वरोको समेत उपचार गर्न नमानेका समाचारहरु आइरहेका छन् । सहज अवस्था हुँदा एकठाउँमा गर्नुपर्ने अपरेशन अर्को ठाउँमा गरेर विरामी मार्ने अनि जबजब समस्या पर्छ तबतब भाग्ने अस्पताल किन चाहियो रु यो प्रश्नले पनि मेरो मन खल्बलाइरहेको छ ।

कतै हाम्रा अस्पतालहरु उपचारका नाममा प्रयोगस्थल त बनिरहेका छैनन् ? अनि उपचारका नाममा पैसा कमाउने थलोका रुपमा विकास भएका त छैनन् ? अल्पविकसित मुलुकहरुमा परीक्षण र प्रयोग गर्नका लागि औषधी पठाइन्छन् भन्ने पनि कतै कतै पढेकै हो । कतै हामी पनि त्यही प्रयोगका पात्र बनिरहेका त छैनौँ ? यी प्रश्नले त झन छट्पटी गराएको छ ।

हामीले हाम्रो पूर्वीय दर्शनले वकालत गरेका प्राकृतिक चिकित्सा पद्धतिहरु त कम नै प्रयोग गर्छौँ । अब त्यसलाई पुनः जगाउने हो कि ? विश्वका शक्तिशाली देशहरु नै औषधी उद्योगको प्रभावमा परिरहेको अवस्थामा अहिलेको कोरोना कहरबाट पाठ सिकेर हाम्रै पूर्वीय जीवनपद्धतिलाई जागृत गर्दै अगाडि बढ्ने हो कि ? अस्पतालभन्दा बढी विद्यालयहरु नै खोल्ने हो कि ? अस्पतालहरु पूर्णरुपमा सरकारले नै चलाउने हो कि ? चिकित्सा शिक्षा लगायत अन्य शिक्षा क्षेत्र पनि पूर्णरुपले सरकारले नै चलाउने हो कि ! हाम्रो पूर्वीय दर्शन र पद्धति सिकाएर मानिसलाई प्राकृतिक रुपमै स्वस्थ राख्ने हो भने अस्पतालको आवश्यकता कम पर्दथ्यो कि ?

प्रश्नैप्रश्नका बीचमा रुमलिइरहेको छु । उत्तर मसँग छैन ।