काठमाडौँ । मलेसियासँग टी २० क्रिकेट खेल्ने नेपाली टोलीको घोषणा गरिएको छ ।
नेपाल क्रिकेट संघ (क्यान)ले इन्दु बर्माको कप्तानीमा नेपाल क्रिकेट संघ (क्यान)ले टोलीको घोषणा गरेको हो ।
टोलीमा बर्मासँगै पूजा महतो (उपकप्तान), रुविना क्षेत्री, सीता रानामगर, राजमति ऐरी, सम्झना खड्का, कविता जोशी, रीया शर्मा, सोमु बिष्ट, रचना चौधरी, रुवी पोद्दार, यशोदा बिष्ट, सावित्री दामी र कविता कुवँर समावेश छन् ।
नेपालले २,४,५,७ र ८ अक्टुबरमा मलेसियाविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।












