३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने News Polar बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस्

रास्वपा दलहरुमा पुराना नेता रहि रहुन् भन्ने चाहन्छ, काँग्रेससम्बन्धी विवाद सर्वोच्चले उल्ट्याउन सक्छः कार्यवाहक अध्यक्ष भुसाल

रास्वपा दलहरुमा पुराना नेता रहि रहुन् भन्ने चाहन्छ, काँग्रेससम्बन्धी विवाद सर्वोच्चले उल्ट्याउन सक्छः कार्यवाहक अध्यक्ष भुसाल
अ+ अ-

काठमाडाैँ । नेकपा संयुक्तका कार्यवाहक अध्यक्ष घनश्याम भुसालले नेपाली काँग्रेसको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले पुनरवलोकनका लागि निस्सा दिनु अस्वाभाविक भएको टिप्पणी गर्नुभएको छ ।

आइतबार काठमाडौंमा आयोजित ‘वामपन्थी आन्दोलन अब के गर्ने ?’ विषयक राष्ट्रिय बहसमा बोल्दै भुसालले विशेष महाधिवेशनबाट निर्वाचित गगनकुमार थापा नेतृत्वको काँग्रेसलाई दिइएको वैधानिकता सर्वोच्च अदालतको आदेशबाट उल्टिन सक्ने आशंका व्यक्त गर्नुभयो ।

उहाँले उक्त मुद्दामा सर्वोच्च अदालतको कदमपछि मुलुकको राजनीतिक परिस्थिति थप जटिल बन्न सक्ने बताउँदै त्यसले संविधान र लोकतन्त्रमाथि समेत संकट निम्त्याउन सक्ने चेतावनी दिनुभयो ।

भुसालले सरकार र सत्तारुढ दलले आफ्ना कमजोरी ढाकछोप गर्न ठूला गतिविधि गर्न सक्ने वा पुरानै नेतृत्वलाई निरन्तरता दिने प्रयास गर्न सक्ने आरोप लगाउनुभयो । उहाँले सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पुराना राजनीतिक शक्तिहरूमा पुरानै नेतृत्व कायम रहोस् भन्ने चाहेको दाबीसमेत गर्नुभयो ।

उहाँले काँग्रेस विवादसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले दिएको निस्साले गगन थापा नेतृत्वको काँग्रेसको वैधानिकता उल्टिन सक्ने अवस्था देखिएको बताउनुभयो ।

‘अदालतले गगनहरूको मुद्दा उल्टिन सक्ने गरी एउटा निस्सा जारी गरेको छ । यो यसै भएको हो ? अब के हुनेवाला देख्दैछु भने, यदि त्यस्तो भयो भने दुईवटा सम्भावना देखिन्छन्,’ उहाँले भन्नुभयो, ‘उनीहरूले आफ्ना नालायकी र कमजोरी ढाक्न अझ ठूला गतिविधि गर्न सक्छन् । मनपरी गर्न सक्छन् वा फेरि पुरानै नेतृत्वलाई राखेर अघि बढ्न खोज्न सक्छन् ।’

भुसालले पुराना नेतृत्व कायम रहँदा नयाँ भनिएका राजनीतिक शक्तिको वैधानिकता पनि कायम रहने दाबी गर्नुभयो । अदालतको कदम त्यस दिशामा जान नहुने बताउँदै उहाँले राजनीतिक अस्थिरताको अन्तिम प्रहार संविधान र लोकतन्त्रमाथि पर्न सक्ने चेतावनी दिनुभयो ।

‘यी वितण्डाहरूको अन्तिम प्रहार संविधानमाथि हुनेछ, लोकतन्त्रमाथि हुनेछ र मुलुक एउटा डरलाग्दो संकटतर्फ जानेछ,’ उहाँले भन्नुभयो ।

उहाँले नयाँ र पुराना राजनीतिक शक्तिबीच सम्झौता हुनसक्ने सम्भावना पनि औँल्याउनुभयो । मुलुकको विद्यमान आर्थिक अवस्थाप्रति राजनीतिक दलहरूको पर्याप्त चासो र चिन्ता नरहेको भन्दै उहाँले आगामी दिनमा आर्थिक संकट थप गहिरिन सक्ने चेतावनी दिनुभयो ।

भुसालले काँग्रेस विवादसम्बन्धी मुद्दा उल्टिए त्यसले संविधान र लोकतन्त्रमाथि समेत प्रहार गर्न सक्ने बताउनुभयो ।