३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने News Polar बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् News Polar संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ: रवि लामिछाने News Polar नेवानिका दुई वटै वाइडबडी ग्राउन्डेड News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा प्रदेश प्रमुख कर्णको जोड News Polar भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद

मुलुक ‘लफङ्गा’हरुबाट शासित हुँदैछ भन्नेकुरा पुष्टि हुँदैछः घनश्याम भुसाल

मुलुक ‘लफङ्गा’हरुबाट शासित हुँदैछ भन्नेकुरा पुष्टि हुँदैछः घनश्याम भुसाल
अ+ अ-

काठमाडौं । नेकपा संयुक्तका कार्यवाहक अध्यक्ष घनश्याम भुसालले गत २१ फागुनमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा कम्युनिष्ट दलहरू कसरी पराजित भए भन्ने विषयको समीक्षा अझै हुन नसकेको बताउनुभएको छ ।

आइतबार काठमाडौंमा आयोजित ‘वामपन्थी आन्दोलन अब के गर्ने ?’ विषयक राष्ट्रिय बहसमा बोल्दै नेता भुसालले कम्युनिष्ट दलहरूले निर्वाचनमा अनपेक्षित र व्याख्या गर्न कठिन पराजय व्यहोरेको बताउनुभयो ।

उहाँले निर्वाचनपछि मुलुकको राजनीतिक अवस्था थप जटिल बन्दै गएको टिप्पणी गर्नुभयो । निर्वाचन सम्पन्न भएकै दिन आफूले मुलुक नालायकहरूबाट शासित हुँदै आएकोमा अब लफङ्गाहरूबाट शासित हुने अवस्था आउन सक्ने टिप्पणी गरेको स्मरण गर्दै उहाँले पछिल्लो राजनीतिक घटनाक्रमले आफ्नो आशंका थप गम्भीर बनेको बताउनुभयो ।

‘हामी हारेका छौँ । हामी यसरी हारेका छौँ कि कसरी हार्‍यौँ भनेर अहिलेसम्म पत्तो पाएका छैनौँ,’ उहाँले भन्नुभयो, ‘यो त्यो तहको अनपेक्षित पराजय हो, जसको व्याख्या गर्न पनि कठिन छ ।’

नेता भुसालले वर्तमान सरकार यही गतिमा थप दुई वर्ष अघि बढे मुलुकले गम्भीर राजनीतिक दुर्घटना व्यहोर्न सक्ने चेतावनी दिनुभयो । पछिल्लो परिस्थितिले समाजमा अझ डरलाग्दा राजनीतिक दुर्घटना निम्तिने जोखिम बढाएको उहाँको भनाइ थियो ।

उहाँले कम्युनिष्ट आन्दोलनको गम्भीर समीक्षा गरी कमजोरी पहिचान गर्नुपर्ने र त्यसपछि थप सशक्त भएर जनतामाझ जानुपर्ने आवश्यकता औँल्याउनुभयो ।

–न्युज एजेन्सी नेपाल