३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन

विश्वविद्यालयले भोलिपल्टदेखि नै काम गर्न सक्ने जनशक्ति उत्पादन गर्न सक्दैनः लोचन केन्द्र देवकोटा

विश्वविद्यालयले भोलिपल्टदेखि नै काम गर्न सक्ने जनशक्ति उत्पादन गर्न सक्दैनः लोचन केन्द्र देवकोटा
अ+ अ-

काठमाडौं । थापाथली क्याम्पसका एसोसिएट प्रोफेसर लोचन केन्द्र देवकोटाले विश्वविद्यालयले अध्ययन पूरा गरेको भोलिपल्ट देखि नै उद्योगमा आवश्यक सबै काम गर्न सक्ने जनशक्ति उत्पादन गर्न नसक्ने बताएका हुन।

नाइमा मोबिलिटी एक्स्पो २०२६ का अवसरमा ‘प्रतिभा भित्र्याउने र कामदार बाहिर पठाउनेः प्रक्रियामार्फत नेपालमा शिक्षा शिप र उद्यमशीलताको खाडल पुर्ने’ शिर्षकमा आयोजित संवादमा उनले यस्तो बताए ।

उनका अनुसार, इन्जिनियरिङ शिक्षामा सैद्धान्तिक आधार बलियो बनाउने विषयलाई प्राथमिकता दिइने भएकाले विश्वविद्यालयबाट निस्कँदैमा विद्यार्थीले उद्योगमा आवश्यक सबै प्राविधिक सीप हासिल गरिसकेको अवस्था हुँदैन। त्यसका लागि विश्वविद्यालय, उद्योग र सरकारबीच थप सहकार्य आवश्यक रहेको उनले बताए।

‘इन्जिनियरिङ भनेको आज पढ्यो, भोलि ठ्याक्कै सबै कुरा काम गर्न सक्ने खालको म्यानपावर जेनेरेट गर्ने कुरा होइन,’ देवकोटाले भने, ‘हामीले बढी फोकस थ्योरेटिकल फाउन्डेसनमा गर्छौं। विद्यार्थीले स्कुलदेखि प्लस टु हुँदै ब्याचलर्ससम्म आइपुग्दा भौतिकशास्त्र, गणित, उद्यमशीलतालगायत विभिन्न विषयको आधार पनि बनाउनुपर्छ।’

उनले विश्वविद्यालय र उद्योगबीच सहकार्यको सम्भावना भए पनि नीतिगत जटिलताले त्यसलाई व्यवहारमा उतार्न समस्या भइरहेको बताए । उनले विश्वविद्यालयको अनुसन्धान तथा विद्यार्थी परियोजनामा लगानीसमेत निकै न्यून रहेको बताए।

यस्ता परियोजनाबाट विद्यार्थीले अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्ने क्षमता विकास गरे पनि त्यसपछि उनीहरूलाई नेपालमै रोक्ने वातावरण बनाउन नसकिए देशले दक्ष जनशक्ति गुमाउने उनको भनाइ छ।

उनले विश्वविद्यालयमा आउने सरकारी बजेटको ठूलो हिस्सा शिक्षक तथा कर्मचारीको तलब र व्यवस्थापनमै खर्च हुने गरेको बताए। उनले विश्वविद्यालयको शिक्षालाई उद्योगसँग जोड्न तीनै पक्ष—सरकार, शैक्षिक संस्था र उद्योगको समान भूमिका आवश्यक रहेको बताए।

उनका अनुसार, विद्यालय तहदेखि नै विद्यार्थीको आधारभूत ज्ञान र सीप विकासलाई व्यवस्थित बनाउन सके विश्वविद्यालय तहमा थप प्राविधिक र व्यवहारिक शिक्षामा केन्द्रित हुन सकिन्छ।

उनले विश्वविद्यालय र उद्योगबीचको दूरी घटाउन पाठ्यक्रम निर्माणदेखि इन्टर्नसिप, अनुसन्धान, विद्यार्थी परियोजना र रोजगारीसम्मको सम्पूर्ण प्रणालीलाई एकीकृत गर्नुपर्नेमा जोड दिए।