३१ श्रावण २०८३, आईतवार
,
Latest
मन्त्री मेहताद्वारा रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको जग्गा अवलोकन, गजेन्द्रनारायण सिंह अस्पताल निरीक्षण निजी क्षेत्रलाई ऊर्जाको पूर्ण साझेदार बनाउन नयाँ विद्युत् विधेयक ल्याउन इप्पानको माग रास्वपा दलहरुमा पुराना नेता रहि रहुन् भन्ने चाहन्छ, काँग्रेससम्बन्धी विवाद सर्वोच्चले उल्ट्याउन सक्छः कार्यवाहक अध्यक्ष… वामपन्थी शक्तिहरु मुलुकको पूर्वाधार विकासमा मात्र केन्द्रित हुँदा वर्ग र समुदायबाट टाढिँदै गएः महासचिव पोखरेल राजनीतिक स्वार्थ पूरा गर्न बीपीको नाम प्रयोग गर्ने प्रवृत्ति बढ्यो : गगन थापा मुलुक ‘लफङ्गा’हरुबाट शासित हुँदैछ भन्नेकुरा पुष्टि हुँदैछः घनश्याम भुसाल विश्वविद्यालयले भोलिपल्टदेखि नै काम गर्न सक्ने जनशक्ति उत्पादन गर्न सक्दैनः लोचन केन्द्र देवकोटा ५–१० वर्षमा ‘मेक इन नेपाल’बाट ‘मेड इन नेपाल’मा जान्छौँः सौरभ ज्योती नेपालमा अवसर छैन भनेर युवालाई निराश बनाउँनु हुँदैन: सेढाई देश छोड्नु युवाको बाध्यता होइन, विकल्प बन्नुपर्छः सांसद राणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

वामपन्थी शक्तिहरु मुलुकको पूर्वाधार विकासमा मात्र केन्द्रित हुँदा वर्ग र समुदायबाट टाढिँदै गएः महासचिव पोखरेल



अ+ अ-

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पार्टी आधारभूत वर्ग र समुदायबाट टाढिँदै गएको स्वीकार गर्नुभएको छ ।

आइतबार काठमाडौंमा आयोजित ‘वामपन्थी आन्दोलन अब के गर्ने ?’ विषयक राष्ट्रिय बहसमा बोल्दै महासचिव पोखरेलले पछिल्लो प्रतिनिधि सभा निर्वाचनमा एमालेले पार्टी सदस्य र उनीहरूसँग निकट समुदायको जनमतबाहेक अन्य वर्ग र समुदायको मत आकर्षित गर्न नसकेको बताउनुभयो ।

उहाँले वामपन्थी शक्तिहरू पूर्वाधार विकासमा बढी केन्द्रित हुँदा सामाजिक विकास, सामाजिक न्याय, शिक्षा, स्वास्थ्य र रोजगारीका मुद्दामा प्रभावकारी काम गर्न नसकेको बताउनुभयो ।

महासचिव पोखरेलका अनुसार नेपालको श्रमशक्तिको ठूलो हिस्सा कृषिमा निर्भर रहे पनि कृषिमा संलग्न परिवारका शिक्षित युवा कृषि पेसामा फर्कन नचाहँदा शैक्षिक बेरोजगारी बढेको छ । कृषिमार्फत रोजगारी सिर्जना गर्ने कार्यमा शिक्षित युवाको पर्याप्त संलग्नता हुन नसक्दा उनीहरूको असन्तुष्टि वैदेशिक पलायन र राज्यविरुद्धको आक्रोशमा परिणत भएको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, “पार्टी सदस्य र त्यसको पेरिफेरीको सम्बन्ध नै कम्युनिष्ट जनमत होला । पार्टी सदस्य र उसको निकटको सदस्य आधारित जनमतबाहेक अन्य जनमत हामीले हासिल गर्न सकेनौँ । त्यसअर्थ अहिले हामी आधारभूत वर्ग र समुदायबाट पनि टुटेको अवस्थामा छौँ ।”

मुलुकको वर्तमान संकटको प्रमुख कारणमध्ये शिक्षित पुस्तामा बढेको बेरोजगारी र त्यसबाट उत्पन्न असन्तुष्टि रहेको उहाँले बताउनुभयो । कृषिलाई रोजगारीको आधार बनाउन नसक्दा शिक्षित पुस्ता शैक्षिक बेरोजगारका रूपमा समाजमा उपस्थित भएको र त्यसको असन्तुष्टि वैदेशिक पलायन तथा राज्यविरुद्धको आक्रोशमा बदलिएको उहाँको भनाइ थियो ।

महासचिव पोखरेलले पार्टीको समग्र पुनर्गठन आजको आवश्यकता रहेको बताउँदै वामपन्थी कार्यकर्तामा उत्पन्न निराशालाई उत्साह र गतिशीलतामा बदल्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले आगामी दिनमा वामपन्थी दलहरूले जनतासँगको सम्बन्धलाई बलियो र सुदृढ बनाउन आवश्यक रहेको पनि बताउनुभयो ।




न्यूजपोलारबाट थप समाचार
भर्खरै