६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आर्सनलको पुनरागमन जित



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आर्सनलले रोमाञ्चक जित निकालेको छ ।

गएराति भएको खेलमा आर्सनलले न्युक्यासल युनाइटेडलाई २–१ गोलले हराएको हो । एक गोलले पछि परेको आर्सनलले पुनरागमन जित निकालेको हो ।

खेलको ३४ औं मिनेटमा निक वोल्टमेडले गोल गर्दै घरेलु टोलि न्युक्यासललाई सुरुवाती अग्रता दिलाए । ८४ औं मिनेटमा मिकेल मेरिनोले गोल गर्दै आर्सनललाई १–१ को बराबरीमा ल्याए ।

खेल सकिनै लाग्दा इन्जुरी समयमा गाब्रियलले गोल गर्दै आर्सनललाई महत्वपूर्ण जित दिलाए । मार्टिन ओडेगार्डले कर्नरबाट उपलब्ध गराएको पासलाई गाब्रियलले हेडरमार्फत गोल गर्दै न्युक्यासलका फ्यानलाई स्तब्ध गराए । आर्सनललाई उक्त कर्नरनै गोल गर्ने अन्तिम अवसर थियो ।

जितसँगै आर्सनल ६ खेलबाट १३ अंकका साथ तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । न्युक्यासल ६ अंकका साथ तालिकाको १५ औं स्थानमा छ ।