३१ श्रावण २०८३, आईतवार
,
Latest
अस्ट्रेलियाली भूमिमा बंगलादेशको जित, अस्ट्रेलिया ९ विकेटले पराजित एनएसजेएफ पल्सर स्पोर्ट्स २०८२ को पिपल्स च्वाइसको मनोनयन सार्वजनिक अस्ट्रेलिया भ्रमणका लागि नेपाली ‘ए’ टोलीको तयारी पूराः उत्कृष्ट प्रदर्शन गर्ने कप्तान र प्रशिक्षकको लक्ष्य कम्युनिष्टहरु संघर्ष र क्रान्तीका कुरामा उद्वेलित हुँदा रहेछौँ, समाजवाद निर्माणमा नराम्रोसँग चुक्यौँः महासचिव पोखरेल पोखरामा अवैध घरेलु मदिरा उत्पादन गर्ने कच्चा पदार्थ बरामद गरी नष्ट पछिल्लो तीन दिनमा सबैभन्दा बढी गाली खाएको छुः गगन थापा नाइमा अटो शोमा उत्साहजनक सहभागिताः १ लाख ६५ हजार बढी दर्शकले अवलोकन गरे सत्तामा पुग्नु मात्रै राजनीतिको सफलताको मापदण्ड बन्योः गगन थापा शिक्षा ऐनमा निजी विद्यालयका लगानी र अधिकार सुनिश्चित गर्न प्याब्सन मधेसको सुझाव मन्त्री मेहताद्वारा रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको जग्गा अवलोकन, गजेन्द्रनारायण सिंह अस्पताल निरीक्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

अस्ट्रेलिया भ्रमणका लागि नेपाली ‘ए’ टोलीको तयारी पूराः उत्कृष्ट प्रदर्शन गर्ने कप्तान र प्रशिक्षकको लक्ष्य



अ+ अ-

काठमाडौँ। अस्ट्रेलियामा आयोजना हुने ‘टप एण्ड टी–२०’ क्रिकेट प्रतियोगितामा सहभागी हुन जाने नेपाल ‘ए’ टोलीलाई आज एक औपचारिक कार्यक्रमका बीच बिदाइ गरिएको छ ।

नेपाली टोली सोमवार राति अस्ट्रेलियातर्फ प्रस्थान गर्ने तालिका रहेको छ । प्रतियोगिताको तालिकाअनुसा नेपालले अगस्ट २१ मा नर्दन टेरिटोरी स्ट्राइकविरुद्ध खेल्दै आफ्नो भ्रमणको शुरुवात गर्नेछ । यसैगरी, नेपालले अगस्ट २२ मा बंगलादेश हाई पर्फमेन्स, २४ मा होबार्ट हरिकेन्स, २६ मा एसीटी कमेट्स, २७ मा किंग्सम्यान र २९ मा भिक्टोरियाविरुद्ध प्रतिष्पर्धा गर्ने तय भएको छ ।

उक्त टी–२० सिरिजको समाप्तिपछि नेपाल ‘ए’ टोलीले थप अभ्यासका लागि न्युजिल्याण्ड ‘ए’, तास्मानिया र दक्षिण अस्ट्रेलियासँग एकदिवसीय खेलसमेत खेल्ने कार्यक्रम रहेको छ । आईतवार आयोजित टोलीको बिदाइ कार्यक्रममा बोल्दै कप्तान अनिल साह र प्रशिक्षक राजु बस्न्यातले यस भ्रमणलाई नेपाली क्रिकेटको दीर्घकालीन हित र खेलाडीहरूको क्षमता अभिवृद्धिका लागि एक महत्वपूर्ण अवसरको रूपमा लिएको बताउनु भयो ।

प्रशिक्षक राजु बस्न्यातले नेपाल ‘ए’ टोलीको अवधारणाले नेपाली क्रिकेटको ‘बेन्च स्ट्रेन्थ’ बलियो बनाउन महत्वपूर्ण भुमिका खेलेको बताउनु भयो । उहाँले पछिल्लो पाँच–६ महिनामा ‘ए’ टोलीबाट उत्कृष्ट प्रदर्शन गर्दै खेलाडीहरू सिनियर टोलीमा पुग्नु र फर्म गुमाएका सिनियर खेलाडीहरूले यहाँबाट पुनः लय समात्नु नेपाली क्रिकेटका लागि सकारात्मक पक्ष भएको उल्लेख गर्नुभयो ।

यस्तै, कप्तान अनिल साहले टोलीमा कुशल भुर्तेल, कुशल मल्ल र लोकेश बम जस्ता अनुभवी खेलाडीहरूको उपस्थितिले युवा र उदीयमान खेलाडीहरूलाई नयाँ कुरा सिक्न र आत्मविश्वास बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । सिनियर खेलाडीहरू ‘ए’ टोलीमा आउनुलाई सामान्य प्रक्रिया मान्दै उहाँले भन्नुभयो, ‘यो एक स्वाभाविक प्रक्रिया हो । अन्तर्राष्ट्रिय स्तरमा पनि स्थापित खेलाडीहरूले आफ्नो लय फिर्ता पाउन घरेलु वा ‘ए’ टोलीबाट खेल्ने अभ्यास छ ।’

अस्ट्रेलियाको खेल मैदान र वातावरणीय अवस्था (कन्डिसन) नेपाली खेलाडीहरूका लागि मुख्य चुनौती रहने देखिएको छ । गत वर्षको अनुभवलाई स्मरण गर्दै प्रशिक्षक बस्न्यातले ब्याटिङभन्दा पनि फिल्डिङमा बढी सुधार गर्नुपर्ने आवश्यकता औंल्याउनु भयो ।

‘अस्ट्रेलियाका मैदानमा बाउन्ड्री निकै ठूला हुन्छन् र लाइटको कारणले उच्च क्याचहरू लिन कठिन हुनसक्छ । हामी यी कन्डिसनहरूसँग चाँडै अनुकूलन (एडाप्ट) हुन विशेष केन्द्रित छौं ।’ उनले भने।

टोलीको सन्तुलन र हालैको तयारीबाट कप्तान र प्रशिक्षक दुवै सन्तुष्ट देखिएका छन् । नेपाली ‘ए’ टोलीले अस्ट्रेलियामा उत्कृष्ट प्रदर्शन गर्नेमा आफू ढुक्क रहेको बताउँदै कप्तान साहले यस भ्रमणबाट नेपाली क्रिकेटले सकारात्मक नतिजा हासिल गर्ने अपेक्षा राखेका छन् ।–न्युज एजेन्सी नेपाल




भर्खरै