२८ भाद्र २०८३, आईतवार
,
Latest
जिप दुर्घटना अपडेडः मृतकको पहिचान खुल्यो प्रतिगामी कदम लामो समय टिक्न सक्दैनः ओली १२ दिनपछि कृष्णभीरमा ट्रायलका रूपमा एकतर्फी यातायात सञ्चालन, असोज १ बाट नियमित सञ्चालनको लक्ष्य स्रोत नखुलेको १३ लाख ७५ हजारसहित हुण्डी कारोबारमा युवक पक्राउ बदलिँदो जनसांख्यिक संरचनालाई समाजवादको आधार बनाउनुपर्नेमा विज्ञहरूको जोड कृष्णभीरबाट सवारीसाधन आवागमनको परीक्षण सफल, सडक पूर्ण सञ्चालनको तयारी तीव्र हरिओम र निरजको जोडीलाई ब्याडमिन्टनको उपाधि कृष्णभीरमा ग्यास बुलेट र हेभी सवारीका लागि सडक खुलाउने तयारी नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त गरी वित्तीय स्वायत्तता प्रदान गर्न नयाँ ऐन निर्माणको गृहकार्यमा सरकार प्राचीन नागेश्वर मन्दिरअघि वर्षात्ले जम्मा गरेको माटोले प्रवेशमा समस्या
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरामा अवैध घरेलु मदिरा उत्पादन गर्ने कच्चा पदार्थ बरामद गरी नष्ट



अ+ अ-

पोखरा। पोखरा महानगरपालिका वडा नम्बर ५ मा अवैध रूपमा व्यावसायिक उद्देश्यले उत्पादन गरिँदै आएको ठूलो परिमाणको घरेलु मदिरा बनाउने कच्चा पदार्थ प्रहरीले बरामद गरी नष्ट गरेको छ ।

स्वास्थ्यमा गम्भीर असर पुर्याउने अखाद्य वस्तुहरू मिसावट गरी स्थानीय मदिरा उत्पादन भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले उक्त क्षेत्रमा छापा मारेको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक (डीएसपी) वीरेन्द्र पासवानकाअनुसार पोखरा–५ मा कोठा भाडामा लिएर बस्ने वसन्त दुलामी र सपना लामिछानेले उक्त अवैध कार्य गरिरहेको फेला परेको थियो ।

वडा प्रहरी कार्यालयबाट खटिएको विशेष टोलीले खानतलासी गर्दा मदिरा बनाउन प्रयोग गरिने १५ ड्रम कच्चा पदार्थ फेला पारेपछि त्यसलाई नियन्त्रणमा लिई नष्ट गरिएको छ ।

डीएसपी पासवानले परम्परागत रूपमा घरमा खानका लागि वा धार्मिक कार्यमा प्रसादका रूपमा घरेलु मदिराको प्रयोग सांस्कृतिक रूपमा स्वीकार्य भएपनि, यसरी अखाद्य वस्तु मिसाएर व्यावसायिक रूपमा उत्पादन तथा विक्री–वितरण गर्नु कानूनतः पूर्ण रूपमा वर्जित रहेको स्पष्ट पार्नुभयो।

यस विषयमा थप जानकारी दिँदै पोखरा महानगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष विष्णु भट्टराईले यस्तो विषाक्त मदिरा बजारका विभिन्न रेस्टुरेन्टहरूमा आपूर्ति हुने गरेको र यसको सेवनले सर्वसाधारणको स्वास्थ्यमा गम्भीर तथा दीर्घकालीन असर पर्ने बताउनु भयो ।

उहाँले नागरिकको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी प्रहरीसँगको समन्वयमा उक्त सामग्री तत्काल नष्ट गरिएको जानकारी दिनुभयो ।

प्रहरीले सर्वसाधारणको स्वास्थ्यमा खेलबाड गर्ने यस्ता अवैध गतिविधिहरू विरुद्ध आफ्नो निगरानी र कारबाहीको प्रक्रियालाई थप तिब्र बनाउने जनाएको छ । –न्युज एजेन्सी नेपाल