२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अस्ट्रेलियाली भूमिमा बंगलादेशको जित, अस्ट्रेलिया ९ विकेटले पराजित



अ+ अ-

बंगलादेशले अस्ट्रेलियाको डार्बिनमा खेलिएको पहिलो टेस्टमा आयोजक अस्ट्रेलियालाई उसकै भूमिमा ९ विकेटको फराकिलो अन्तरले हराएर इतिहास रचेको छ ।

अस्ट्रेलियामा सम्पन्न टेस्टमा बंगलादेशको यो पहिलो विजय हो । यसअघि अस्ट्रेलियालाई बंगलादेशले गृहमैदानमा नौ वर्ष अघि हराएको थियो । विगत २३ वर्षअघि टेस्ट क्रिकेटमा पदार्पण गरेको बंगलादेशले अस्ट्रेलियामा तीन पटक मात्र टेस्ट खेलेको इतिहास छ ।

टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाली टिम पहिलो इनिङमा १९८ रनमै अलआउट भएको थियो भने दोस्रो इनिङमा पनि २८४ रनको झिनो स्कोर बनाएर पभेलिएन फर्किएको थियो ।

तर बंगलादेशले पहिलो इनिङमा ४२६ रन बनाएर राम्रो अग्रता कायम गरेको थियो । बंगलादेशका लागि पहिलो इनिङमा तान्जिद हसनले १०१ रनको शतकीय पारि खेलेका थिए । साथै, कप्तान नजमुल सान्तोले ८४, मेहदी हसनले ६५, मोमिनुल हकले ४९ रनको महत्वपूर्ण इनिङ खेलेका थिए ।

अस्ट्रेलियालाई सस्तैमा रोक्ने क्रममा बंगलादेशका बलरहरु सफल रहेका थिए । पहिलो इनिङमा हसन महमुदले ६ विकेट लिएका थिए भने दोस्रो इनिङमा पनि ३ विकेट लिएर अस्ट्रेलियालाई दबाबमा पारेका थिए । अर्का बलर मेहदी हसनले दोस्रो इनिङमा ५ विकेट लिएका थिए ।

अब बंगलादेश र अस्ट्रेृलिया बिचको दोस्रो तथा अन्तिम टेस्ट अगस्ट २२ मा म्याकेमा हुनेछ । Agency