२८ भाद्र २०८३, आईतवार
,
Latest
जिप दुर्घटना अपडेडः मृतकको पहिचान खुल्यो प्रतिगामी कदम लामो समय टिक्न सक्दैनः ओली १२ दिनपछि कृष्णभीरमा ट्रायलका रूपमा एकतर्फी यातायात सञ्चालन, असोज १ बाट नियमित सञ्चालनको लक्ष्य स्रोत नखुलेको १३ लाख ७५ हजारसहित हुण्डी कारोबारमा युवक पक्राउ बदलिँदो जनसांख्यिक संरचनालाई समाजवादको आधार बनाउनुपर्नेमा विज्ञहरूको जोड कृष्णभीरबाट सवारीसाधन आवागमनको परीक्षण सफल, सडक पूर्ण सञ्चालनको तयारी तीव्र हरिओम र निरजको जोडीलाई ब्याडमिन्टनको उपाधि कृष्णभीरमा ग्यास बुलेट र हेभी सवारीका लागि सडक खुलाउने तयारी नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त गरी वित्तीय स्वायत्तता प्रदान गर्न नयाँ ऐन निर्माणको गृहकार्यमा सरकार प्राचीन नागेश्वर मन्दिरअघि वर्षात्ले जम्मा गरेको माटोले प्रवेशमा समस्या
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनएसजेएफ पल्सर स्पोर्ट्स २०८२ को पिपल्स च्वाइसको मनोनयन सार्वजनिक



अ+ अ-

काठमाडौँ। नेपाली खेलकुदको प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को पिपल्स च्वाइस अवार्डको मनोनयन सार्वजनिक भएको छ ।

काठमाडौंमा आईतवार पत्रकार सम्मेलनमार्फत एनएसजेएफ पल्सर स्पोटर््स अवार्डअन्तर्गत २३ औं संस्करणको पिपल्स च्वाइस विधाका पाँच मनोनयन सार्वजनिक गरिएको हो ।

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले २०५२ सालदेखि अवार्ड आयोजना गर्दै आएको छ । यसपल्ट नौ विधामध्ये पिपल्स च्वाइसमा भलिबलकी मिना सुनार, फुटबलर पूजा राना, कराते खेलाडी सानुमाया थिङ, क्रिकेटर शेर मल्ल र मिक्स मार्सल आट्र्स (एमएमए) का रविन्द्र ढाँट छन् ।

मञ्चका सचिव अनिल मल्ल ठकुरी सम्मिलित पाँच सदस्यीय खेलाडी छनोट समितिले उक्त नाम छनोट गरेको हो । भलिबलमा मीना शक्तिशाली स्पाइकरका रूपमा उदाउँदै छिन् । काभा महिला च्याम्पियनसिपमा प्रभावशाली प्रदर्शन गरेकी सुनारले काभा महिला क्लव च्याम्पियनसिपमा पुलिसलाई तेस्रो स्थान दिलाउन योगदान गरेकी थिइन् ।

फुटबलमा पूजाले पनि अन्तर्राष्ट्रिय स्तरमा आफ्नो क्षमता देखाएकी छन् । एशियन कप छनोटमा रहेकी पूजाले विदेशका व्यावसायिक लिगमा समेत प्रभाव छाडेकी छन् ।

उनी भुटानको ट्रान्सफर युनाइटेड तथा बंगलादेशका फरासगन्ज एफसी र नासरिन स्पोटर््स एकेडेमीबाट आबद्ध भएर खेलिसकेकी छन् । करातेकी सानुमायाले पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा निरन्तर सफलता हासिल गरिरहेकी छन् ।

इजिप्टमा भएको विश्व कराते च्याम्पियनसिपमा एकल कातामा प्रतिष्पर्धा गरेकी थिङले २१औं एशियन कराते च्याम्पियनसिपमा पदकका लागि प्रतिष्पर्धा गरेकी थिइन् । उनी दक्षिण एसियाली कराते च्याम्पियनसिपमा टिम कातामा स्वर्ण र एकल कातामा रजत विजेता हुन् ।

क्रिकेटमा शेरले छोटो समयमै उल्लेखनीय छाप छाडेका छन् । आइसिसी टी ट्वान्टी विश्वकपमा डेब्यु खेलमै पहिलो बलमा विकेट लिएका मल्लले मलेसियामा भएको एशियन गेम्स क्वालिफायरमा हङकङविरुद्ध चार तथा मलेसियाविरुद्ध तीन विकेट लिए । मिक्स मार्सल आट्र्समा रवीन्द्र ढाँट ‘बझाङका बाघ’का रूपमा परिचित छन् । रोड टु यूएफसीको सेमिफाइनल पुग्ने पहिलो नेपाली फाइटर बनेका ढाँटले नेपाली एमएमएलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने सम्भावना बोकेका छन् ।

खल्तीसँग सम्झौता

खेलकुद पत्रकार मञ्च र विद्युतीय भुक्तानीका लागि चर्चित सेवाप्रदायक कम्पनी खल्ती बाई आइएमईबिच आईतवारै भोटिङ पार्टनरका रूपमा प्रायोजन सम्झौता भएको छ ।

सम्झौता पत्रमा खल्ती बाई आइएमईकी मेनेजर पुजा धामी र नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष निरञ्जन अधिकारीले हस्ताक्षर गरेका थिए ।

एनएसजेएफले पिपल्स च्वाइस अवार्डको मत खल्ती मार्फत गर्नेछ । सो अवसरमा धामीले यस वर्ष पनि जोडिन पाउँदा खुशी लागेको बताउँदै खेलाडीको सम्मानमा मञ्चले गर्ने यो ग्रान्ड कार्यक्रम सरहानीय कार्य हो, भनिन् ।

यसैगरी मञ्चका अध्यक्ष अधिकारीले आईएमई खल्ती परिवारप्रति कृतज्ञता व्यक्त गर्दै खल्तीले स्पोट्र्स अवार्डलाई थप उचाइमा लग्ने विश्वास व्यक्त गरे ।

यसैगरी महासचिव अञ्जन खड्काले यस सम्झौताले स्पोट्र्स अवार्डलाई थप उचाइमा लैजाने अभियानमा आईएमई खल्ती परिवारप्रति निरन्तर सहकार्यका लागि आभार व्यक्त गरे । –न्युज एजेन्सी नेपाल