११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु News Polar मध्यरातमा चोलेन्द्रमाथि देखिएको सुरक्षा ‘थ्रेट’ News Polar सिद्धार्थ राजमार्गका विभिन्न स्थानमा पहिरो, सडक आंशिक रूपमा सञ्चालनमा News Polar बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु News Polar कालीगण्डकीले पोखरेबगरको पुल बगायो News Polar ३९८ किलो गाँजासहित विराटनगरमा स्कार्पियो नियन्त्रणमा News Polar मध्यपहाडी लोकमार्ग अवरूद्ध News Polar नारायणी नदीमा खतरा तह पार, चितवन र नवलपरासीका तल्लो क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह News Polar कालीगण्डकी नदी बस्तीमा पस्दा पर्वतमा २५ घर बगे News Polar बाढी–पहिरो र वर्षाका कारण विभिन्न स्थानमा इन्टरनेट सेवा अवरुद्ध News Polar १३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन, २९ जिल्लामा भोलि News Polar तिनाउ बाढीमा ६ घर बगे News Polar तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन News Polar बागलुङका दश स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar बाढीले मिर्मीको पुल बगायो News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक अवरुद्ध News Polar परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता News Polar परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता News Polar आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध (पितृ पक्ष) News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक

कम्युनिष्टहरु संघर्ष र क्रान्तीका कुरामा उद्वेलित हुँदा रहेछौँ, समाजवाद निर्माणमा नराम्रोसँग चुक्यौँः महासचिव पोखरेल

कम्युनिष्टहरु संघर्ष र क्रान्तीका कुरामा उद्वेलित हुँदा रहेछौँ, समाजवाद निर्माणमा नराम्रोसँग चुक्यौँः महासचिव पोखरेल
अ अ+ अ-

काठमाडौँ। नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले वामपन्थी शक्तिहरु पार्टी संगठनभन्दा सरकार निर्माणमा केन्द्रित हुँदा कम्युनिष्ट आन्दोलन क्षयिकरण हुँदै गएको निष्कर्ष सुनाउनुभएको छ ।

आईतवार काठमाडौंमा आयोजित ‘वामपन्थी आन्दोलन अब के गर्ने ?’ विषयक राष्ट्रिय बहस कार्यक्रममा बोल्दै उहाँले यस्तो निष्कर्ष सुनाउनुभएको हो ।

विगतमा मनमोहन अधिकारी नेतृत्वको नौ महिने सरकार र केपी शर्मा ओली नेतृत्वको सरकारको छोटो कार्यकालले असाधारण जनमत निर्माण गर्न योगदान गरेपनि त्यसपछिका कम्युनिष्ट सरकारहरूले जनमतको क्षयीकरण उहाँको तर्क छ ।

उहाँले कम्युनिष्टहरू संघर्ष र क्रान्तिको अवस्थामा सक्रिय हुने भएपनि शान्तिपूर्ण प्रतिष्पर्धामार्फत शक्ति आर्जन गरी समाजवाद निर्माण गर्ने विषयमा चुकेको बताउनु भयो । लोकतन्त्रमाथि संकट आए पुनः लोकतन्त्र स्थापनाका लागि कम्युनिष्ट शक्तिहरु तयार रहेको समेत उहाँको दाबी  छ । उहाँले सरकारलाई मात्रै शक्ति आर्जन र परिवर्तनको माध्यम ठान्ने प्रवृत्तिको समीक्षा गर्दै पार्टी र आन्दोलनलाई सुदृढ बनाउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, ‘हामी कम्युनिष्टहरु संघर्ष र क्रान्तीका कुरामा चाहीँ बढी उत्तेलित हुँदा रहेछौँ । अहिले पनि घनश्यामजीको भाषामा भन्ने हो भने लफंगाहरुको शासनविरुद्ध लडनुपर्यो भने चाँही यो शक्ति संक्षम छ । यलि फेरि लोकतन्त्रमाथि संकट आयो भने यो पंक्ति तयार छ । फेरी लोकतन्त्र स्थापित गर्ने सामथ्र्य राख्दछ । तर हामी कहाँ चुक्यौँ ? हामी भनिरहेका छौँ, शान्तीपूर्ण प्रतिस्पर्धाको माध्यमबाट शक्ति स्थापना गर्ने र त्यो शक्तिलाई सञ्चित गरिकन समाजवाद निर्माण गर्ने कुरा गरिरहेका छौँ । शक्ति आर्जन गर्ने र शक्ति सुदृढ गर्ने र त्यसका माध्यमबाट परिवर्तनको नयाँ यात्रा थाल्ने कुराका सन्दर्भका बारेमा केन्द्रीय प्रश्न हामीले केलाई बनायौँ त भन्दाखेरी सरकारलाई बनायौँ । तर विडम्बनाको कुरामा हामी सरकारमार्फत जनमत निर्माण गर्न सक्यौँ कि सकेनौँ भन्ने कुरामा हामीले दुई पटक जनमत निर्माण गरेको देखिन्छ । एक पटक मनमोहन अधिकारी प्रधानमन्त्री भएको बेलामा छोटो समयमा सरकारले गरेको कामले असाधारण जनमत प्राप्त गर्न योगदान गर्यो । तर  त्यो नौ महिनामात्रै चल्यो । त्यसपछि संविधान निर्माण भएपछि केपी ओली नेतृत्वको सरकार । त्यो सरकार पनि नौ महिना नै चल्यो । जनमत निर्माणका हिसाबले हेर्ने हो भने त्यो सरकार पनि असाधारण रह्यो । तर त्यसपछिका सरकारले जनमतको क्षयीकरण गर्यो । आज कम्युनिष्ट आन्दोलन  किन कमजोर भयो भन्दाखेरी पार्टीसँग कम र सरकार निर्माणको सन्दर्भमा ज्यादा जोडिएको छ भन्ने मलाई लाग्दछ ।’

महासचिव पोखरेलले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विभाजनबारे गम्भीर समीक्षा गर्न जरुरी रहेको पनि बताउनु भयो ।–न्युज एजेन्सी नेपाल