७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद News Polar नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो News Polar शव पहिचानमा चीनको प्राविधिक सहयोग, नास्टमा डीएनए परीक्षण जारी News Polar फागुन २१ को निर्वाचन अघिल्ला राजनीतिक घटनाक्रमको ‘रंगमञ्च’ : मञ्जु भण्डारी News Polar संक्रामक पशु रोग नियन्त्रणमा वैज्ञानिक प्रणाली र समयमै क्षतिपूर्ति दिन सांसदको माग News Polar विष्णु रिजालको माग : नेपाली सेनासँग पार्टीको सम्बन्ध के हो स्पष्ट पारियोस News Polar कोरलानाकाबाट २० दिनमै दुई अर्ब ५४ करोड राजस्व सङ्कलन News Polar रोजगारदाताले कामदार र कामदारले रोजगार नपाउने समस्याको अन्त्य गर्नेगरी काम गर्दैछौँः मन्त्री यादव News Polar भोटेकोशी बाढी प्रभावितमा बढ्दो मानसिक त्रास, आरआरएनद्वारा मनोसामाजिक सहयोग विस्तार News Polar फिनटेकको विकास र अन्तर्राष्ट्रिय अभ्यास सम्बोधन गर्न भुक्तानीसम्बन्धी विधेयक अपरिहार्य : अर्थमन्त्री वाग्ले News Polar कोशी प्रदेशमा असोज १४ देखि २० गतेसम्म सीप तथा रोजगार मेला हुने News Polar डिजिटल भुक्तानी प्रणाली सुरक्षित र पारदर्शी बनाउन कानुनी व्यवस्था गर्नुपर्छ : सांसद कर्ण News Polar विदेशी भुक्तानी सेवा प्रदायकबाट अवसरसँगै पुँजी पलायन र साइबर सुरक्षामा सजग हुनुपर्छ : सांसद बयक News Polar पार्टी, लोकतन्त्र र राष्ट्र असाधारण संकटमा छन्, एमालेले एकताको अगुवाइ गर्नुपर्छ : ज्ञवाली News Polar असोज १६ भित्र दर्ता विधेयक समितिमा पठाउने तयारी News Polar मनास्लु हिमालमा मृत्यु भएका दुईको शव काठमाडौँमा News Polar प्रतिनिधि सभा बैठकमा सांसदहरूको न्यून उपस्थिति-फोटो फिचर News Polar राप्रपाको प्रदेश अधिवेशन असोज २१ गते, सातै प्रदेशमा निर्वाचन प्रतिनिधि तोकिए News Polar एम्बुलेन्सबाट साढे चार क्विन्टल गाँजा बरामद News Polar नागरिक लगानी कोषलाई समयानुकूल बनाउन सरकार प्रतिवद्धः कार्यवाहक प्रधानमन्त्री वाग्ले

डा भट्टराईद्धारा पार्टीको अध्यक्ष पद त्याग

डा भट्टराईद्धारा पार्टीको अध्यक्ष पद त्याग
अ+ अ-

काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले पार्टीको अध्यक्ष पद त्याग गरेको घोषणा गर्नुभएको छ ।

आज यहाँ पत्रकार सम्मेलन गरी अध्यक्ष भट्टराईले परिवर्तित राजनीतिक सन्दर्भमा नयाँ पुस्ताले अब मुलुकको नेतृत्व गर्नुपर्ने महसुस गरी नेसपा (नयाँ शक्ति)को अध्यक्ष पदबाट अलग भएको स्पष्ट गर्नुभयो ।

डा भट्टराईले भन्नुभयो, “राजनीतिक दलभित्र पुस्तान्तरण अपरिहार्य छ । नयाँ शक्ति र युवा पुस्ताका लागि मार्ग प्रशस्त गर्न आवश्यक रहेकाले पार्टीको अध्यक्ष पदबाट अलग भएको छु । तर, वैकल्पिक शक्ति निर्माण र समाज रूपान्तरणको अभियानलाई निरन्तरता दिन सदैव लागि रहने छु ।”

उहाँले सुशासनका पक्षमा भएको ‘जेनजी’ युवाहरुको आन्दोलन जायज भए पनि केही नेता र बाहिरी शक्तिले त्यसलाई बदनाम गर्न खोजेको बताउनुभयो । भ्रष्ट नेतामाथि कारबाही हुनुपर्ने माग उठिरहेको सन्दर्भलाई इङ्गित गर्दै पूर्वप्रधानमन्त्री भट्टराईले भन्नुभयो, “त्यसका लागि युवा पुस्ताबाट देशव्यापी रुपमा दबाब सिर्जना गर्न आवश्यक छ, भ्रष्ट जो कोही पनि कानुनको दायरामा आउनुपर्दछ ।”

उहाँले भन्नुभयो, “अध्यादेशमार्फत संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गर्नुपर्ने र निर्वाचन तथा शासकीय प्रणालीमा सुधार नगरे मुलुक थप जटिलतामा फस्ने छ, त्यसतर्फ सम्बद्ध सबैको ध्यान जान जरुरी छ ।”

नेसपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री भट्टराईले आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचनमा संस्थागत सहभागितासहित ‘जेनजी’ युवाहरुले देशको नेतृत्व लिनसक्नुपर्न धारणा व्यक्त गर्नुभयो ।