७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल News Polar प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणः दलहरूसँग परामर्श र प्रोटोकल पालनामा प्रतिपक्षको असन्तुष्टि News Polar नेतृत्वको वास्तविक महानता पदमा अनन्तसम्म टिकिरहनुमा होइन News Polar पत्रकार महासंघलाई सञ्चारमन्त्रीको कटाक्ष–‘ठेक्का लिएको संस्थाले पत्रकारिता क्षेत्र जोगाइदिएको भए निकै माथि उठिसक्थ्यो’ News Polar भारी वर्षाको जोखिममा सरकारको तयारी : बाढीको अवस्था घण्टा–घण्टामा अपडेट गरिने News Polar असोज ९ देखि तीन दिन भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह News Polar भारी वर्षाको पूर्वानुमानपछि प्रधानमन्त्री शाहद्वारा सतर्कता अपनाउन अनुरोध News Polar भन्सार राजस्व संकलन एक खर्ब नाघ्यो, बाँकी लक्ष्यमा विभागको ध्यान News Polar बाढीबाट बच्न पूर्वसतर्कता अपनाउन अपिल News Polar सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा News Polar पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद News Polar नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो News Polar शव पहिचानमा चीनको प्राविधिक सहयोग, नास्टमा डीएनए परीक्षण जारी News Polar फागुन २१ को निर्वाचन अघिल्ला राजनीतिक घटनाक्रमको ‘रंगमञ्च’ : मञ्जु भण्डारी News Polar संक्रामक पशु रोग नियन्त्रणमा वैज्ञानिक प्रणाली र समयमै क्षतिपूर्ति दिन सांसदको माग News Polar विष्णु रिजालको माग : नेपाली सेनासँग पार्टीको सम्बन्ध के हो स्पष्ट पारियोस News Polar कोरलानाकाबाट २० दिनमै दुई अर्ब ५४ करोड राजस्व सङ्कलन News Polar रोजगारदाताले कामदार र कामदारले रोजगार नपाउने समस्याको अन्त्य गर्नेगरी काम गर्दैछौँः मन्त्री यादव News Polar भोटेकोशी बाढी प्रभावितमा बढ्दो मानसिक त्रास, आरआरएनद्वारा मनोसामाजिक सहयोग विस्तार News Polar फिनटेकको विकास र अन्तर्राष्ट्रिय अभ्यास सम्बोधन गर्न भुक्तानीसम्बन्धी विधेयक अपरिहार्य : अर्थमन्त्री वाग्ले

गुटको अन्त्य गर्ने भन्दै सभापतिमा उठेका शेखरले नै सुरु गरे गुटभेला

गुटको अन्त्य गर्ने भन्दै सभापतिमा उठेका शेखरले नै सुरु गरे गुटभेला
अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन सकिएको महिना दिन पनि पुगेको छैन । मङ्सिर २४ देखि सुरु भएको महाधिवेशनको सम्पूणर् प्रक्रिया सकिएको दुई हप्ता पनि पुगेको छैन । त्यतिमात्र नभएर जिल्ला अधिवेशन गर्न बाँकी रहेका १६जिल्लाको अधिवेशन माघ १५ गते हुने तय भएको छ । उता प्रदेश नं २ को महाधिवेशन पनि दुई हप्ताअघि मात्र सकिएको छ । 

तर यहाँ एउटा रमाइलो कुरा के छ भने पार्टीभित्र गुटको राजनीति मौलाएको भन्दै त्यसको अन्त्य गर्ने भनेर पार्टी सभापतिमा उम्मेदबार दिएका नेता शेखर कोइरालाले नै आफ्नो गुटको भेला बोलाएका छन् । उनले मंगलबारमात्र आफू पक्षीय नेताहरूको बैठक आह्वान गरे र राजधानीमा हिजो साँझ सो बैठक सम्पन्न भएको छ । 

महाधिवेशनको ठीक अघि हुने गरेकै प्रकृतिको गुट भेला हिजो राजधानीमा शेखर पक्षले आह्वान गरेको छ । सो भेलमा शेखरको पक्षका नेताहरु थिए र त्यहाँ गगन थापा समेत थिए । 

यहाँ रमाइलो कुरा त यो छकि शेखरमात्र होइन गगन थापा र विश्वप्रकाश शर्माले पनि अब पार्टीमा गुटको अन्त्य हुनुपर्छ भन्दै आएका छन् । महामन्त्री थापाले पार्टीको गुट महाधिवेशन अघि थियो तर अब महाधिवेशन सकिएपछि त्यस्तो गुट भन्ने बाँकी पनि छैन र गर्नुपनि हुदैन भनेर सार्वजनिक भाषण गरेका थिए । 

चार दिनमात्र अघि पनि विश्वप्रकाश शर्माले पार्टीमा गुट भन्ने विषय पास्ट टेन्स भइसकेको बताएका थिए । तर महाधिवेशन सकिएको महिना दिन पनि नपुग्दै अहिले भने स्वयं गुटका विरुद्धमा पार्टी सभापतिको उम्मेदवार दिएका शेखरले नै गुटको भेला बोलाएर आफ्नै प्रतिबद्धता महिना दिन पनि टिकाउन नसकेको बताइएको छ । 

हिजो सो भेलालाई गुटभेलाको संज्ञा नदिने भनिए पनि अर्जुननरसिंह केसीले नै बैठकपछि शेखर पक्षीय नेताहरुको बैठक बसेको बताएका छन् । उनले सो भेलामा शेखर कोइरालालाई दिइएको पार्टीको बरियताका विषयमा पनि कुरा उठाइएको बताएका छन् ।  

पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न र १४ औं महाधिवेशनको समीक्षा गर्न भन्दै कोइरालाले हिजो आफू पक्षीय नेताहरुको बैठक बोलाएका हुन् । कोइराला निकट नेता बलबहादुर केसीले दिउँसो २ बजदेखि साँझसम्म सो बैठक बसेको पुष्टि गरे । 

तर पार्टीमा सभापति शेरबहादुर देउवाले नै गुट चलाएका भनेर विगतमा भन्ने गरेका शेखरले नै पार्टीको महाधिवेशन सकिएको महिना दिन नपुग्दै यसरी आफू निकटकाको भेला बोलाएपछि देउवा पक्षका नेताहरुले यसको विरोध गरेका छन् । 

तर सो भेलमा उपस्थित शेखर पक्षकै एक नेताले पनि यसरी महाधिवेशन सकिएको महिना दिनमै हामीहरुले अलग्गै बस्न नहुने बताएका समाचार स्रोतले बतायो । 

हिजो मंगलबार सभापति देउवाले पार्टीलाई एक ढिक्का बनाएर लैजान सुनसरी जिल्लामा पुगेर कांग्रेसका सबै नेता तथा कार्यकर्तालाई आह्वान गरिरहँदा यता शेखरले भने आफैले गुटको भेला बोलाएर के सन्देश दिन खोजेका हुन् भन्ने बारेमा अहिले पार्टीभित्र पनि चर्चा सुरु भएको छ ।