२९ भाद्र २०८३, सोमबार
,
Latest
तीज नारी सम्मान, समानता र सामाजिक रुपान्तरणको द्योतकः मुख्यमन्त्री आचार्य आँखा उपचारमा सञ्जाल विस्तार गर्दै भरतपुर आँखा अस्पताल एसियन प्रोफेसनल एचिभमेन्ट अवार्डमा विभिन्न क्षेत्रका व्यक्तित्व सम्मानित बाढीपीडित बालबालिकाको संरक्षणका लागि सरकारले ल्यायो ‘स्याहार योजना नर्बेले राष्ट्रिय सभा किन खारेज गर्यो ? इण्डोनेसियामा यात्रुवाहक पानीजहाज दुर्घटना, ६ जनाको मृत्यु, १३० जना बेपत्ता फलाखु खोलामा फड्के तथा स्याफ्रुबेँसीस्थित भोटेकोशी नदीमाथि तुइन निर्माण १४औँ महाधिवेशनको समितिका सबैलाई केन्द्रीय सदस्य बनाउने कांग्रेसको निर्णय प्रदेशका सरकारी भवनको बीमा गरिँदै भोटेकोशी बाढीले खोसेको खुसीः तीजको सङ्घारमा रित्तिएका काख र सुनसान आँगन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालका लागि पूर्व बृटिश राजदूत बेपत्ता, प्रहरीले थाल्यो खोजी



अ+ अ-

काठमाडौँ । नेपालका लागि बेलायतका पूर्व राजदूत रिचर्ड मोरिस बेपत्ता भएका छन् । उनी बेलायतमै बेपत्ता भएका हुन् । प्रहरीले उनको खोजीको लागि अपील गरेको लन्डनबाट प्राप्त समाचारमा जनाइएको छ ।

उनी ५२ वर्षीय हुन् । मोरिस बुधबार  बिहान १० बजेदेखि ह्याम्पसायरस्थित फर्नहामको बेन्टलीबाट हराइरहेको ह्यम्पसायर प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनी बिहान दौड्न निस्केका थिए ।

उनको परिवारले मोरिसको कुशलताका बारेमा चिन्ता व्यक्त गरेका छन् । प्रहरीले उनको खोजीका लागि जनसाधारणसँग अपील गरेका छन् । बुधबार साँझ एक अपील प्रकाशित गर्दै प्रहरीले ‘हामीले यसै साँझदेखि उनको खोजी गरिरहेका छौँ तर अब तपाईहरुसित पनि सहयोगका लागि अपील गर्दछौँ ।

उनी सन् २०१५ देखि २०१९ सम्म नेपालका लागि बेलायतका राजदूत थिए । सन् १९९० मा फरिन एण्ड कमनलेल्थ अफिसमा खुला प्रतिस्पर्धाबाट प्रवेश गरेका मोरिसले यसअघि विभिन्न कूटनीतिक जिम्मेवारी निभाइसकेका छन् ।
उनी के कति कारणले बेपत्ता भए र कहाँ गएका हुन् भन्ने बारेमा केही थाहा भएको छैन । उनको परिवारले पनि यस विषयमा केही भनेको छैन ।