२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालका लागि पूर्व बृटिश राजदूत बेपत्ता, प्रहरीले थाल्यो खोजी



अ+ अ-

काठमाडौँ । नेपालका लागि बेलायतका पूर्व राजदूत रिचर्ड मोरिस बेपत्ता भएका छन् । उनी बेलायतमै बेपत्ता भएका हुन् । प्रहरीले उनको खोजीको लागि अपील गरेको लन्डनबाट प्राप्त समाचारमा जनाइएको छ ।

उनी ५२ वर्षीय हुन् । मोरिस बुधबार  बिहान १० बजेदेखि ह्याम्पसायरस्थित फर्नहामको बेन्टलीबाट हराइरहेको ह्यम्पसायर प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनी बिहान दौड्न निस्केका थिए ।

उनको परिवारले मोरिसको कुशलताका बारेमा चिन्ता व्यक्त गरेका छन् । प्रहरीले उनको खोजीका लागि जनसाधारणसँग अपील गरेका छन् । बुधबार साँझ एक अपील प्रकाशित गर्दै प्रहरीले ‘हामीले यसै साँझदेखि उनको खोजी गरिरहेका छौँ तर अब तपाईहरुसित पनि सहयोगका लागि अपील गर्दछौँ ।

उनी सन् २०१५ देखि २०१९ सम्म नेपालका लागि बेलायतका राजदूत थिए । सन् १९९० मा फरिन एण्ड कमनलेल्थ अफिसमा खुला प्रतिस्पर्धाबाट प्रवेश गरेका मोरिसले यसअघि विभिन्न कूटनीतिक जिम्मेवारी निभाइसकेका छन् ।
उनी के कति कारणले बेपत्ता भए र कहाँ गएका हुन् भन्ने बारेमा केही थाहा भएको छैन । उनको परिवारले पनि यस विषयमा केही भनेको छैन ।