३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

राधाकृष्ण रथयात्रा मुलुकको गौरवः मुख्यमन्त्री कार्की



फाइल फोटो
अ+ अ-

मोरङ। कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विराटनगरको राधाकृष्ण रथयात्रा मुलुकको गौरवको भएको बताउनुभएको छ ।

राधाकृष्ण मन्दिर विराटनगर–१ मा आज रथयात्राको निरीक्षणमा पुग्नुभएका उहाँले यो यात्रा कोशी प्रदेशको गौरव भएकाले यसलाई भव्य र सभ्य रुपमा मनाउनका लागि प्रदेश सरकारले सक्दो सहयोग गर्ने बताउनुभयो ।

यस वर्षदेखि नयाँ स्वरूपमा निर्माण गरिएको रथ अवलोकन गर्दै मुख्यमन्त्री कार्कीले पुरानो रथलाई संरक्षण गरेर मन्दिर परिसरभित्रै राख्न आग्रह गर्नुभयो । उहाँले रथ यात्रालाई भव्य रुपमा सम्पन्न गर्न सुरक्षा संयन्त्रलाई निर्देशन दिइसकेको भन्दै हेलिकप्टरबाट पुष्प वृष्टि गर्नका लागि नेपाली सेनासँग आग्रह गरिएको जानकारी दिनुभयो ।

मुख्यमन्त्री कार्कीलाई राधाकृष्ण रथयात्रा समारोह समितिका संयोजक कैलाश रेग्मी र सदस्य नन्दकिशोर राठी, कृष्ण कार्कीले रथयात्राको तयारीका बारेमा जानकारी गराउनुभएको थियो ।

श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट विराटनगरमा रथयात्रा निकालिन्छ । रथयात्रामा नेपाल तथा भारतका भक्तजनहरूको सहभागिता हुने गरेको छ ।