११ असार २०८३, बिहीबार
,
Latest
मनसुन प्रतिकार्यका लागि ५४ स्थानमा सशस्त्रका अस्थायी वेश जनविश्वास बिना सञ्चारमाध्यमको अस्तित्वमा प्रश्न उठ्छः सञ्चारमन्त्री मौन महामारी: भीड छ तर हरेक मान्छे एक्लो छ देशभर १० हजारभन्दा बढी एन्टि–रेबिज खोप मौज्दात, थप ४,५०० भायल आउँदै विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश महाधिवेशनले पार्टीलाई बलियो र एकीकृत बनाउँछ : सञ्चारमन्त्री तिमिल्सिना रास्वपाको पहिलो चरणको मतदान सकियो, पदाधिकारी चयनको प्रक्रिया अब सुरु हुने सरकारी आश्वासनपछि झापा–इलामका बन्द चिया उद्योग पुनः सञ्चालनमा रवि लामिछानेद्वारा रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा मतदान वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा रु दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत



अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकले ‘सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ ।

यसअघिको बैठकमा गणपुरक सङ्ख्याको अभावमा निर्णयार्थ प्रस्तुत हुन बाँकी उक्त प्रस्ताव आज स्वीकृत गरिएको सभामुख देवराज घिमिरेले बताउनुभयो । आजको कार्यसूचीमा रहेको पानी जहाजसम्बन्धी विधेयकको कार्यक्रम हटाइएको उहाँले जानकारी गराउनुभयो । ।

यसअघि विशेष समयमा बोल्दै नेपाली काँग्रेसकी सांसद सीता मिजारले प्राकृतिक प्रकोपको जोखिममा दलित तथा विपन्न वर्ग पर्ने गरेको बताउनुभयो । उहाँले दलित र उत्पीडित वर्गका धेरै नागरिकले संविधानले प्रत्याभूत गरेको मौलिक हकको उपयोग गर्न नपाएको बताउनुभयो । उहाँले भन्नुभयो, “एकाध बाहेकले चरम गरिबी र अभाव भोगिरहेका छन् । भूमिहीन दलितले आजसम्म पनि एक टुक्रा जमिन पाएका छैनन् । दलित र भूमिहीनहरुलाई जमिनको व्यवस्था सरकारले गरोस् ।” उहाँले सरकारी स्वामित्वमा रहेका नेपाल औषधि लिमिटेड र सिंहदरबार वैद्यखानाको संरचनागत र जनशक्तिको पाटोमा सबलीकरण गर्नुपर्ने बताउनुभयो ।

प्रतिनिधि सभाको अर्को बैठक भदौ ४ गते दिनको १ बजे बस्नेछ ।