२० मंसिर २०८२, शनिबार
,
Latest
नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय
तपाईं के खोज्दै हुनुहुन्छ ?

रवि लामिछानेलाई काठमाडौं अड्डासार गरी रास्वपाको आँशुको व्यापार बन्द गरौँः काँग्रेस सांसद मिजार



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसकी सांसद सीता मिजारले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई काठमाडौं अड्डासार गरि राष्ट्रिय स्वतन्त्र पार्टीको आँसुको र भावनाको व्यापार गर्ने दोकान बन्द गर्नुपर्ने टिप्पणी गर्नुभएको छ ।

प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै सांसद मिजारले भैरहवा कारागारको सुविधाको विषयलाई लिएर रास्वपाले  भावनाको व्यापार गरिरहेको आरोप लगाउँदै यसलाई रोक्नुपर्ने बताउनु भएको हो । उहाँले सहकारी ठगी मुद्दाका अभियुक्त लामिछानेलाई छुट्टै कोठा र टेलिफोनको सुविधा दिइएको भन्दै के सबै बन्दीलाई समान सुविधा दिन सकिन्छ ? भन्दै प्रश्न गर्नुभयो । उहाँले रास्वपाको संवेदना र भावनाको व्यापार रोक्न लामिछानेलाई आजै काठमाडौं अडडसर गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनु भया ।

उहाँले भन्नुभयो, ‘केही दिनदेखि भैरहवा कारागारमा सेवा सुविधा नभएको माननीयज्यूहरुले आवाज उठाइरहनु भएको छ । सञ्चारमाध्यममा पनि यस्तो सुनिएको छ । भर्खरै यही विषयमा रुपन्देही कारागारले जारी गरेको विज्ञप्ती पनि पढे सभामुख महोदय । सो विज्ञप्तीअनुसार कुल २५० बन्दी राख्ने क्षमता रहेको यो कारागारमा हाल ६४० जना बन्दी रहेको बुझियो । सोही कारागारमा विगत चार महिनादेखि सहकारी ठगी मुद्दामा रहेका पूर्वउपप्रधानमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने समेत रहनु भएको छ । उहाँलाई छुट्टै कोठा र टेलिफोनको समेत सुविधा दिइएको छ । के उहाँको जस्तै सबै बन्दीहरुलाई उहाँको जस्तै सुविधा प्रदान गर्न सम्भव छ ? के सबैजनालाई समान मानव अधिकारको हक छैन ? तर एउटा पार्टीले यसलाई समवेदनाको व्यापार गरिरहनु भएको छ । त्यसैले म सभामुख महोदयमार्फत सरकारलाई अनुरोध गर्दछु । यो आँसुको र भावनाको व्यापार गर्ने दोकान बन्द गरिदिनुहोस् । उहाँलाई भैरहवाबाट आजै काठमाडौं सार्ने व्यवस्था गरोस् । म सभामुख महोदयमार्फत सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।’

उहाँले सबै बन्दीहरुलाई समान अधिकार प्रदान गर्ने विषयमा जोड दिनुभयो ।