३ पुष २०८२, बिहीबार
,
Latest
रास्वपा सभापति रवि लामिछाने भोलि मात्र छुट्ने नेता तथा अगुवा सकारात्मक कार्यका लागि समाजप्रति समर्पित भएर लाग्नुपर्छः मन्त्री खरेल राजनीतिक स्थिरताले मात्र उद्योग व्यवसाय फस्टाउछ: मुख्यमन्त्री पाण्डे वैदेशिक रोजगारमा संलग्न ठगी नियन्त्रण गर्न संयन्त्र तयारी गर्दै निर्वाचन नै अन्तिम विकल्प अर्थमन्त्री खनाल एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलायो पार्टीलाई सामूहिक नेतृत्व र पद्धतिअनुसार सञ्चालन गर्न नेता पोखरेलको आग्रह निवार्चनसम्बन्धी अध्यादेश जारी गर्न सिफारिस, जाँचबुझ आयोगको म्याद एक महिना थप नेकपा एमालेका नवनिर्वाचित पदाधिकारीहरूद्वारा शपथ ग्रहण रवि विदेश जानुपरे अदालतलाई पूर्व जानकारी गराउनुपर्ने, यस्तो छ अदालतको आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालको संविधानले दोहोरो नागरिकताको परिकल्पना गरेको छैनः गृहमन्त्री लेखक



अ+ अ-

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले नेपालको संविधानले दोहोरो नागरिकताको परिकल्पना नगरेको स्पष्ट पार्नुभएको छ ।

विधायन व्यवस्थापन समितिको बिहीवारको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । गोरखा भर्तीका सन्तानले नेपालको नागरिकता पनि वंशजको आधारमा पाउनुपर्ने भन्दै माग गरेका छन् । तर सरकारले भने दुई देशको नागरिकता दिन नसकिने बताउँदै आएको छ । उहाँले कुनै नेपाली नागरिक विदेशको नागरिकता प्राप्त गरेको छ भने नेपालको नागरिकता स्वतः समाप्त हुने बताउनु भयो ।

यदी नेपालको नागरिकले विदेशको नागरिकता लिइसकेको छ र पुनः नेपालको नागरिकता लिन चाहन्छ भने जुन देशको नागरिकता लिएको छ, त्यो देशको नागरिकता छोडेर छोडेको डकुमेण्ट ल्याएर नेपालमा दर्ता ग¥यो भने त्यसै दिनदेखि नेपालको नागरिकता कायम हुने व्यवस्था वर्तमान ऐनले गरेको बताउनु भयो । उहाँले दुवै देशको नागरिकता राख्न दिने हो भने संविधान संशोधन गर्दा पहल गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘वर्तमान नागरिकता ऐनमा हामीले जब रिफ्लेक्ट ग¥यौँ, यदी कुनै नेपाली नागरिक विदेशको नागरिकता प्राप्त गरेको छ भने नेपालको नागरिकता स्वतः समाप्त हुन्छ । अहिलेको ऐनले । अर्को ऐनले यदी नेपालको नागरिकले विदेशको नागरिकता लिइसकेको छ र पुनः नेपालको नागरिकता लिन चाहन्छ भने जुन देशको नागरिकता लिएको छ, त्यो देशको नागरिकता छोडेर छोडेको डकुमेण्ट ल्याएर नेपालमा दर्ता ग¥यो भने त्यसै दिनदेखि नेपालको नागरिकता कायम हुन्छ । जुन दिनदेखि छोडेर गएको थियो, त्यही नागरिकता प्राप्त गर्छ भनेर भनेको छ । दोहोरो नागरिकता हुँदैन । यदी अर्को देशको नागरिकता नेपालीले लिन्छ भने नेपालको नागरिकता समाप्त हुन्छ । पुनः लिन चाहन्छ भने अर्को देशको नागरिकता छोड्नुपर्छ । नेपालले दोहोरो नागरिकताको परिकल्पना नगरेको अवस्था विद्यमान छ ।’

उहाँले आमाको नामबाट सरल रुपले नागरिकता पाओस् भन्ने उद्देश्य सरकारको रहेको बताउनु भयो । बिहीवार नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि दफावार छलफल भएको हो । छलफलमा उहाँले आमाले घोषणा गरेर मेरो सन्तान हो भनेको खण्डमा नागरिकता दिनुपर्ने प्रावधान राख्नुपर्ने विधेयकको उद्देश्य रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आमाको नामबाट सरल रुपले नागरिकता पाओस् भन्ने मेरो उद्देश्य हो । यो विधेयकको उद्देश्य हो । आमाले घोषणा गरेर मेरो बालक हो भन्यो भने नागरिकता दिनुपर्छ । आमाको नागरिकता हो भनेर जाँच्दा हुन्छ । आमाको नागरिकता ठिक छ, आमाले मेरो सन्तान हो भन्यो भने दिनुपर्छ । यसमा स्वघोषणा राखेर जाऔँ । बरु अरु केही कुरा राख्नुपर्छ की हामीले अनुमान नगरेको, प्रतिनिधि सभाबाट अनुमान हुन नसकेको अवस्था पनि हुनसक्छ । ’

गृहमन्त्री लेखकले आमाको नामबाट नागरिकता दिन प्रतिनिधि सभाबाट अनुमान हुन नसकेको कुराहरु भए राख्न पनि सांसदहरुसँग माग गर्नुभयो ।