२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar विपद्मा बेपत्ता व्यक्तिको मृत्यु घोषणा र दर्तासम्बन्धी कानून संशोधनको तयारी News Polar उपसभापति (समावेशी) पदमा बिनोद चौधरीको मनोनयन दर्ता News Polar तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छ : मन्त्री लम्साल News Polar सञ्चारमन्त्री तिमिल्सिना र सचिव पौडेलबीच कार्यसम्पादन सम्झौता News Polar दशैँअघि नै १३ प्रस्तावित राजदूतको संसदीय सुनुवाई सक्ने निर्णय News Polar कांग्रेस महाधिवेशनमा उम्मेदवारी दर्ताका लागि यी कागजात अनिवार्य News Polar बाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापामगरलाई ज्ञापनपत्र News Polar एक महिनापछि चल्यो हुम्लाको च्याममा फोरजी सेवा News Polar भोटेकोशी बाढी प्रभावित व्यवसायीलाई बेलआउट दिन महासंघको माग News Polar नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना News Polar वागमतीमा सरकार बनाउने उज्यालो नेपालको दाबी, संघीय सरकारको नेतृत्व गर्ने लक्ष्य News Polar भोटेकोशी–त्रिशूली विपद् : तत्काल बेलीब्रिजदेखि अस्थायी आवाससम्मको माग News Polar भोटेकोशी–त्रिशूली विपद्को कारणबारे वैज्ञानिक अनुसन्धान गर्न सांसद लामाको माग News Polar पोखरा महानगरको पुरानो प्रशासनिक भवन भत्काउन सुरु, ६५ करोडमा नयाँ भवन बनाउने तयारी News Polar मधेशको शिक्षा सुधारको बहसः उपकुलपतिदेखि शिक्षा सचिवसम्म कस्ले के–के भने ? News Polar कांग्रेसको बन्द सत्र जारी, सभापति–उपसभापतिसहित चार प्रतिवेदन पारित गरिँदै News Polar रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा News Polar पूर्वाधारमा विपद्को क्षति २ खर्ब २७ अर्ब, पुनर्निर्माणका लागि ६३ अर्बको तत्काल माग News Polar तान्जानियाको अरुसामा आईपीयूको १५३औँ महासभा उद्घाटन News Polar चीनसँगको संसदीय सम्बन्ध थप सुदृढ बनाउने सभामुख अर्यालको जोड

कारागार सुधारका लागि सरकारले चालेका कदम पर्याप्त छैनन्ः सांसद साउद

कारागार सुधारका लागि सरकारले चालेका कदम पर्याप्त छैनन्ः सांसद साउद
अ अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद नारायणप्रकाश साउदले देशभरका कारागारहरुको अवस्था सुधार गर्न जरुरी रहेको बताउनुभएको छ ।

प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै सांसद साउदले यस्तो बताउनुभएको हो । नेपाल सरकारले कारागार व्यवस्थापनका लागि केही सुधारात्मक कार्यक्रम ल्याएको भएपनि प्रभावकारी नदेखिएको उहाँको भनाइ छ । उहाँले कारागारलाई दण्डको थलो मात्र नभई सुधार र पुनःस्थापनाको केन्द्रको रुपमा हेर्ने अन्तर्राष्ट्रिय अभ्यासलाई अंगिकार गर्नुपर्ने धारणा राख्नु भयो ।  उहाँले संयुक्त राष्ट्रसंघ तथा अन्तरराष्ट्रिय न्यायालयले कैदिबन्दीलाई यातनारहित वातावरण, न्यायोचित व्यवहार, स्वास्थ्य, शिक्षा र पुनःस्थापनको अधिकार सुनिश्चि गर्नुपर्ने व्यवस्था गरेको उल्लेख गर्दै उक्त विषय कार्यान्वयनका लागि सरकार बाध्य र प्रतिवद्ध रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपाल सरकारले केही सुधारात्मक कार्यक्रम ल्याएपनि ति प्रभावकारी देखिएका छैनन् । अन्तर्राष्ट्रिय अभ्यासमा कारागारलाई दण्डको मात्र थलो नभई सुधार र पुनःस्थापनको केन्द्रको रुपमा हेर्ने प्रचलन छ । संयुक्त राष्ट्रसंघको मानव अधिकार उचायुक्तको कार्यालयको मापदण्डअनुसार तथा अन्तर्राष्ट्रिय न्यायालयले कैदिबन्दीलाई यातनारहित वातावरण, न्यायोचित व्यवहार, स्वास्थ्य, शिक्षा र पुनःस्थापनको अधिकार सुनिश्चित गर्नुपर्ने व्यवस्था गरेको छ । नेपाल यीमध्ये धेरै सन्धिहरुको पक्षराष्ट्र भएकोले कानूनी रुपमा प्रतिवद्ध र बाध्य छ ।’

कारागार ऐनमा व्यवस्था भएअनुरुप आवश्यक पूर्वाधार निर्माणमा जोड दिन सांसद साउदले सरकारको ध्यानाकर्षण गराउनु भयो ।