३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

कारागार सुधारका लागि सरकारले चालेका कदम पर्याप्त छैनन्ः सांसद साउद



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद नारायणप्रकाश साउदले देशभरका कारागारहरुको अवस्था सुधार गर्न जरुरी रहेको बताउनुभएको छ ।

प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै सांसद साउदले यस्तो बताउनुभएको हो । नेपाल सरकारले कारागार व्यवस्थापनका लागि केही सुधारात्मक कार्यक्रम ल्याएको भएपनि प्रभावकारी नदेखिएको उहाँको भनाइ छ । उहाँले कारागारलाई दण्डको थलो मात्र नभई सुधार र पुनःस्थापनाको केन्द्रको रुपमा हेर्ने अन्तर्राष्ट्रिय अभ्यासलाई अंगिकार गर्नुपर्ने धारणा राख्नु भयो ।  उहाँले संयुक्त राष्ट्रसंघ तथा अन्तरराष्ट्रिय न्यायालयले कैदिबन्दीलाई यातनारहित वातावरण, न्यायोचित व्यवहार, स्वास्थ्य, शिक्षा र पुनःस्थापनको अधिकार सुनिश्चि गर्नुपर्ने व्यवस्था गरेको उल्लेख गर्दै उक्त विषय कार्यान्वयनका लागि सरकार बाध्य र प्रतिवद्ध रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपाल सरकारले केही सुधारात्मक कार्यक्रम ल्याएपनि ति प्रभावकारी देखिएका छैनन् । अन्तर्राष्ट्रिय अभ्यासमा कारागारलाई दण्डको मात्र थलो नभई सुधार र पुनःस्थापनको केन्द्रको रुपमा हेर्ने प्रचलन छ । संयुक्त राष्ट्रसंघको मानव अधिकार उचायुक्तको कार्यालयको मापदण्डअनुसार तथा अन्तर्राष्ट्रिय न्यायालयले कैदिबन्दीलाई यातनारहित वातावरण, न्यायोचित व्यवहार, स्वास्थ्य, शिक्षा र पुनःस्थापनको अधिकार सुनिश्चित गर्नुपर्ने व्यवस्था गरेको छ । नेपाल यीमध्ये धेरै सन्धिहरुको पक्षराष्ट्र भएकोले कानूनी रुपमा प्रतिवद्ध र बाध्य छ ।’

कारागार ऐनमा व्यवस्था भएअनुरुप आवश्यक पूर्वाधार निर्माणमा जोड दिन सांसद साउदले सरकारको ध्यानाकर्षण गराउनु भयो ।