६ श्रावण २०८३, बुधबार
,
Latest
दिल्लीको जंतर–मंतरमा ‘ककरोच जनता पार्टी’को प्रदर्शन ३३औँ दिनमा, हजारौँ प्रदर्शनकारी सहभागी श्रमिकका उजुरी एक घण्टाभित्र सम्बोधन गर्न श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको निर्देशन टेकुमा निर्माणाधिन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी विभिन्न कार्यक्रम गरी ४४३औँ बिपी स्मृति दिवस मनाइँदै भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव बजेट कार्यान्वयनमा कडाइ गर्न अर्थ मन्त्रालयद्वारा ४७ बुँदे मार्गदर्शन जारी माइतीघर डुवानको प्राविधिक कारणसहित प्रतिवेदन पेश गर्न कार्यवाहक प्रमुख डंगोलको निर्देशन देशका विभिन्न जिल्लाबाट लागुऔषधसहित १९ जना पक्राउ सुनचाँदीको मूल्य वृद्धि मन्त्रिपरिषद्को बैठक आज दिउँसो ३ बजे बस्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

पशुपति आर्यघाटमा शवबाट निकालिएको हड्डी खरिद गरेको आरोपमा दुईजना पक्राउ



अ+ अ-

काठमाडौं । प्रहरीले पशुपति आर्यघाटमा जलाउन लागिएको शवबाट हड्डी र खरानी निकालेर किनबेच गरेको आरोपमा थप दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी नगरपालिका-२ घर भई बूढानीलकण्ठ नगरपालिका-१२ कपन बस्ने ४२ वर्षीय रामनन्दन ठाकुर र सप्तरी बलानबिहुल गाउँपालिका-६ घर भई काठमाडौं महानगरपालिका-७ गौरीघाट बस्ने ४१ वर्षीय मिश्रीलाल यादव रहेका छन् ।

ठाकुरले हड्डी र खरानी खरिद गर्ने गरेको र यादवले उक्त कार्यमा सहयोग गर्ने गरेको पाईएको प्रहरीले जनाएको छ ।

यस्तै, प्रहरीलेठाकुरको साथबाट प्लास्टिकमा पोको पारिराखेको अवस्थामा हड्डीको धुलो र खरानी जस्तो देखिने वस्तु समेत बरामद गरेको छ ।

यसअघि प्रहरीले शवबाट हड्डी निकालेर बेचेको आरोपमा पशुपति क्षेत्र विकास कोष आर्यघाट सेवा केन्द्रबाट खटिएका गणेशप्रसाद ढकाल भन्ने जीवनाथ ढकाल र विनायक मैनालीलाई नियन्त्रणमा लिएको थियो ।

साउन २३ गते पशुपति घाट २ नम्बर चितामा बनेपा नगरपालिका-९ घर भई कोटेश्वर नरेफाँट बस्ने ६५ वर्षीय राम शाहीको शव जलाइरहेको अवस्थामा हड्डी निकालेर बेचेको आरोप उनीहरूमाथि छ । उनीहरुलाई प्रहरी वृत्त गौशालाको हिरासतमा राखेर अनुसन्धान भईरहेको छ ।