२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar विपद्मा बेपत्ता व्यक्तिको मृत्यु घोषणा र दर्तासम्बन्धी कानून संशोधनको तयारी News Polar उपसभापति (समावेशी) पदमा बिनोद चौधरीको मनोनयन दर्ता News Polar तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छ : मन्त्री लम्साल News Polar सञ्चारमन्त्री तिमिल्सिना र सचिव पौडेलबीच कार्यसम्पादन सम्झौता News Polar दशैँअघि नै १३ प्रस्तावित राजदूतको संसदीय सुनुवाई सक्ने निर्णय News Polar कांग्रेस महाधिवेशनमा उम्मेदवारी दर्ताका लागि यी कागजात अनिवार्य News Polar बाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापामगरलाई ज्ञापनपत्र News Polar एक महिनापछि चल्यो हुम्लाको च्याममा फोरजी सेवा News Polar भोटेकोशी बाढी प्रभावित व्यवसायीलाई बेलआउट दिन महासंघको माग News Polar नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना News Polar वागमतीमा सरकार बनाउने उज्यालो नेपालको दाबी, संघीय सरकारको नेतृत्व गर्ने लक्ष्य News Polar भोटेकोशी–त्रिशूली विपद् : तत्काल बेलीब्रिजदेखि अस्थायी आवाससम्मको माग News Polar भोटेकोशी–त्रिशूली विपद्को कारणबारे वैज्ञानिक अनुसन्धान गर्न सांसद लामाको माग News Polar पोखरा महानगरको पुरानो प्रशासनिक भवन भत्काउन सुरु, ६५ करोडमा नयाँ भवन बनाउने तयारी News Polar मधेशको शिक्षा सुधारको बहसः उपकुलपतिदेखि शिक्षा सचिवसम्म कस्ले के–के भने ? News Polar कांग्रेसको बन्द सत्र जारी, सभापति–उपसभापतिसहित चार प्रतिवेदन पारित गरिँदै News Polar रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा News Polar पूर्वाधारमा विपद्को क्षति २ खर्ब २७ अर्ब, पुनर्निर्माणका लागि ६३ अर्बको तत्काल माग News Polar तान्जानियाको अरुसामा आईपीयूको १५३औँ महासभा उद्घाटन News Polar चीनसँगको संसदीय सम्बन्ध थप सुदृढ बनाउने सभामुख अर्यालको जोड

रास्वपाको आरोपः रविको निवेदन छानबिनका लागि न्याय परिषद्मा परेको उजुरी गृहमन्त्रीको कार्यकक्षमा लेखियो

रास्वपाको आरोपः रविको निवेदन छानबिनका लागि न्याय परिषद्मा परेको उजुरी गृहमन्त्रीको कार्यकक्षमा लेखियो
अ अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. चन्दा कार्कीले गृहमन्त्री रमेश लेखकले न्यायालयमाथि हस्तक्षेप गरेको गम्भीर आरोप लगाउनुभएको छ ।

प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो । उहाँले गृहमन्त्री लेखकले न्यायालयमा हस्तक्षेप गर्न खोजेकोबारे पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीले सार्वजनिक अभिव्यक्ति दिइसकेको उल्लेख गर्नुभयो । उहाँले रुपन्देही जिल्ला अदालतमा रवि लामिछानेको मुद्दा पेशी चढेको दिन गृहमन्त्रीकै कार्यकक्षमा न्यया परिषद्मा परेको उजुरी तयार पारिएको र सो उजुरीको प्रतिलिपि सचिवालयबाट पठाइएको समाचार सार्वजनिक भएको उल्लेख गर्नुभयो । डा. कार्कीले न्याय परिषद्मा उजुरी दर्ता भएपछि स्वतन्त्र न्यायको सम्भावनाबारे प्रश्न उठाउनु भयो ।

उहाँले भन्नुभयो, ‘नैतिकता जागेर माननीय रामहरी खतिवडाज्यूले राजीनामा दिनुभयो । तर गृहमन्त्रीज्यूको नैतिकता जगाउन उहाँको आफ्नै मानकले पनि सकेन । न्यायालयमा उहाँको हस्तक्षेपबारे पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीज्यूको स्पष्ट अभिव्यक्ति सार्वजनिक भइसकेको छ । रुपन्देही जिल्ला अदालतमा रवि लामिछानेज्यूको पेशी चढेको दिन गृहमन्त्रीज्यूकै कार्यकक्षमा उजुरी तयार पारिएको र त्यसको प्रतिलिपि उहाँकै सचिवालयबाट सबैतिर पठाइएको समाचार छरपस्ट छन् । पेशी चढेकै दिन यसरी न्याय परिषद्मा उजुरी परेपछि स्वतन्त्र न्याय कसरी सम्भव हुन्छ सभामुख महोदय ? कानून जान्ने व्यक्तिले यस्तो कदम चाल्दा समाजमा के सन्देश जान्छ । केही व्यक्तिहरुले मन्त्री र प्रधानमन्त्रीले समेत  न्यायाधीशलाई फोन गरेको आरोप लगाउनु भएकै हो । यसबारे म सरोकारवालाको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।

उहाँले गृहमन्त्री लेखकका आफ्नै मानकले पनि उहाँमा नैतिकता जाग्न नसकेको बताउनु भयो ।