२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar विपद्मा बेपत्ता व्यक्तिको मृत्यु घोषणा र दर्तासम्बन्धी कानून संशोधनको तयारी News Polar उपसभापति (समावेशी) पदमा बिनोद चौधरीको मनोनयन दर्ता News Polar तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छ : मन्त्री लम्साल News Polar सञ्चारमन्त्री तिमिल्सिना र सचिव पौडेलबीच कार्यसम्पादन सम्झौता News Polar दशैँअघि नै १३ प्रस्तावित राजदूतको संसदीय सुनुवाई सक्ने निर्णय News Polar कांग्रेस महाधिवेशनमा उम्मेदवारी दर्ताका लागि यी कागजात अनिवार्य News Polar बाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापामगरलाई ज्ञापनपत्र News Polar एक महिनापछि चल्यो हुम्लाको च्याममा फोरजी सेवा News Polar भोटेकोशी बाढी प्रभावित व्यवसायीलाई बेलआउट दिन महासंघको माग News Polar नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना News Polar वागमतीमा सरकार बनाउने उज्यालो नेपालको दाबी, संघीय सरकारको नेतृत्व गर्ने लक्ष्य News Polar भोटेकोशी–त्रिशूली विपद् : तत्काल बेलीब्रिजदेखि अस्थायी आवाससम्मको माग News Polar भोटेकोशी–त्रिशूली विपद्को कारणबारे वैज्ञानिक अनुसन्धान गर्न सांसद लामाको माग News Polar पोखरा महानगरको पुरानो प्रशासनिक भवन भत्काउन सुरु, ६५ करोडमा नयाँ भवन बनाउने तयारी News Polar मधेशको शिक्षा सुधारको बहसः उपकुलपतिदेखि शिक्षा सचिवसम्म कस्ले के–के भने ? News Polar कांग्रेसको बन्द सत्र जारी, सभापति–उपसभापतिसहित चार प्रतिवेदन पारित गरिँदै News Polar रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा News Polar पूर्वाधारमा विपद्को क्षति २ खर्ब २७ अर्ब, पुनर्निर्माणका लागि ६३ अर्बको तत्काल माग News Polar तान्जानियाको अरुसामा आईपीयूको १५३औँ महासभा उद्घाटन News Polar चीनसँगको संसदीय सम्बन्ध थप सुदृढ बनाउने सभामुख अर्यालको जोड

उपत्यकाका नदीमा शुद्धता ल्याउने प्रयास भइरहेको छः उपप्रधानमन्त्री सिंह

उपत्यकाका नदीमा शुद्धता ल्याउने प्रयास भइरहेको छः उपप्रधानमन्त्री सिंह
अ अ+ अ-

काठमाडौँ । उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले उपत्यकाका नदीमा शुद्धता ल्याउनको लागि प्रयास भइरहेको बताउनुभएको छ ।

काठमाडौंमा बिहीवार आयोजित एक कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । वागमती, विष्णुमती लगायतका नदीलाई शुद्ध गर्नको लागि ढलको व्यवस्थापनको लागि बजेट पनि छुट्याइएको उहाँले जानकारी दिनुभयो । अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिको अध्यक्ष छनोटको काम भइरहेको जानकारी दिनुहुँदै उहाँले अध्यक्ष छनोटपछि बाँकी काम अगाडी बढाइने बताउनु भयो ।

उहाँले यसवर्ष सिधैै नदीमा गईरहेको ढल जाँच गर्नको लागी विशेष कार्यक्रम बनाएको जानकारी दिनुभयो । उहाँले नदीबाट निस्किने गन्ध रोक्ने गरी काम अगाडी बढाउने उल्लेख गर्नुभयो । पहिला लेआउट गरिसकेको ढललाई काम लाग्ने गरी सञ्चालनमा ल्याउनको लागि प्राविधिक तरिकाले अगाडी बढीरहेको उहाँको भनाई छ । धोवीखोलामा, वागमती, विष्णुमती लगायत सबै खोलाहरुमा के गर्दा राम्रो हुन्छ, त्यहीअनुसार शुद्धता ल्याउनको लागी प्रयास भइरहेको उहाँको दाबी छ ।

उहाँले भन्नुभयो, ‘यस पटकको बजेट, निति तथा कार्यक्रममा यहाँका वागमती, विष्णुमती लगायतका नदीनालालाई शुद्ध गर्नको लागी ढलको व्यवस्थापन गर्नदेखि लिएर व्यवस्थापन गर्नको लागि हामीले विशेष गरेर बजेट पनि राखेको छु । खास गरेर अहिले चाहीँ तपाईंहरुले भन्नुभएको छ, वागमती सभ्यतादेखि लिएर विशेष संरचनाको लागी त्यहाँ अध्यक्ष र सिईओको लागि अहिले प्रतिष्पर्धाको काम भइरहेको छ । अब त्यसमा चाहीँ जाँच भईरहेको छ । हेरौँ त्यसमा चाहीँ अब को आउँछ, आइसकेपछि अनि यो वागमती सभ्यताको अहिले जुन कार्यक्रमहरु छ । त्यसलाई हामी अगाडी बढाउनेछौँ । र यसपटक महिले अरु केही गर्न नसकेपनि यो जुन ढल नदीमा सिधै गइरहेको छ । त्यसलाई जाँच गर्नको लागि यस वर्ष विशेष कार्यक्रम बनाएको छु । पहिला लेआउट गरिसकेको जुन ढल छ, त्यसलाई चाहीँ काम लाग्ने गरिकन सञ्चालनमा ल्याउनको लागि के गर्नुपर्छ, प्राविधिक तरिकाले गरेर गन्ध चाहीँ रोक्नुपर्छ भन्ने कुरामा म अगाडी बढीरहेको छु । त्यहीअनुसार अहिले हामीले जोड दिइरहेका छौँ । धोवीखोलामा, वागमती, विष्णुमति लगायत सबै खोलाहरुमा के गर्दा राम्रो हुन्छ । शुद्धता ल्याउनको लागि प्रयास भइरहेको छ ।’

उहाँले काठमाडांैको समस्याकाकै रुपमा अव्यवस्थित बस्ती देखिँदै आएपनि यसलाई तत्काल हटाउन नसकिने बताउनु भयो । यो अति संवेदनशील भएकोले ईच्छा गर्दैमा सबै सुकुम्वासी हट्छ, भन्ने नसोच्न पनि उहाँले आग्रह गर्नुभयो ।