१ भाद्र २०८३, सोमबार
,
Latest
वैदेशिक रोजगार व्यवसायीको आन्दोलन स्थगित, १५ बुँदे माग सम्बोधन गर्न मन्त्रालय तयार ‘रिटर्नी’ उद्यमीको सीप र पुँजी नेपालको आर्थिक विकासको आधार बन्नसक्छ वर्षासँगै नौ सडकखण्ड अवरुद्ध, यात्रामा सतर्कता अपनाउन आग्रह साउन महिना सरकारी राजश्वमा वृद्धि : महालेखा नियन्त्रक कार्यालय ‘लोकल कन्फरेन्स अफ युथः सिकाईसँगै प्रतिवद्धता : आफ्नो समुदायमा फर्किएर जलवायु कार्य अघि बढाउँछौँ-सहभागी नेपाल–बङ्गलादेशका फोटो पत्रकारद्वारा पोखरा रङ्गशालामा वृक्षारोपण, मित्रताको ‘हरियो सम्झना’ आर्थिक सहयोग जुटाएर बेनीमा आँखा उपचार केन्द्र भवन निर्माण मिथिला क्षेत्रमा आज ‘लगपाँच’ पर्व मनाइँदै चुनावी वाचा सम्झाउने मतदातालाई गृहमन्त्री गुरुङको जवाफ– ‘भोट फिर्ता लैजानुस्, नभए पाँच वर्ष काम गर्न… चितवनमा विद्यालयका सवारीसाधनको गति ४० किलोमिटरमा सीमित, १५ दिनभित्र गति नियन्त्रण उपकरण जडान गर्नुपर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनार्दन शर्माको अभिव्यक्तिबारे माओवादीले भन्योः एकाध व्यक्तिले बोलेका कुराको अर्थ छैन



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठकमा नेताहरुले गुट भंग गरेर थप एकतावद्ध भइ अघि बढ्नुपर्ने धारणा राखेका छन् ।

आईतावर पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा बसेको बैठकमा अधिकांश नेताहरुले गुट बन्द गर्नुपर्ने र स्वार्थ समूहहरु विघटन गर्नुपर्ने आवश्यकता रहेको बताएको पनि पार्टीका प्रवक्ता अग्नि सापकोटाले बताउनु भयो । उहाँले व्यक्तिवादी अराजकता, अनुशासनहिनता पार्टीमा बढेर गएको र त्यसलाई नियन्त्रण गर्नुपर्ने धारणा राख्नुभएको जानकारी दिनुभयो । सांस्कृतिक क्रान्ति चलाउन सदस्यहरुले माग गरेको बताउनु भयो । विश्व परिवेशको बारेमा पनि वृहंगम छलफल भएको उहाँको दाबी छ ।

भ्रष्टाचारविरुद्ध, सुशासन कायम गर्न आवश्यक रहेको सदस्यहरुले व्यवस्थित ढंगले अघि बढ्नुपर्ने धारणा राख्नुभएको छ । अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वलाई अझ सबल, सुदृढ र व्यवस्थित गर्नुपर्ने अधिकांश नेताहरुले आफ्ना धारणा राख्नुभएको पनि बताउनु भयो । अध्यक्षले आत्मालोचना गर्नुपर्ने कुनै सदस्यहरुले धारणा नराखेको स्पष्ट पार्नुभयो । अध्यक्षले आत्मालोचना गर्नुपर्ने विषय उठाउनुभएका पार्टीका उपमहासचिव जनार्दन शर्माले एकाध व्यक्तिले बोलेका कुराको कुनै अर्थ नरहेको पनि स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘धेरैले भनेको कुरा के हो भने गुट भंग गर्नुपर्छ, स्वार्थ समूहहरु विघटन गर्नुपर्छ । अनि मात्रै पार्टी एकता हाँसिल गर्न सकिन्छ । व्यक्तिवादी अराजकता, अनुशासनहिनता जुन बढेर गएको छ, त्यसलाई अब नियन्त्रण गर्नुपर्छ । शुद्धिकरण, रुपान्तरणका कुरा अलि बढी आएका छन् ।’

आईतवार १९ जना स्थायी कमिटी सदस्यहरुले आफ्ना धारणा राख्नुभएको पनि जानकारी दिनुभयो ।