२९ भाद्र २०८३, सोमबार
,
Latest
प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग देशमा नेकपा (एमाले)को योगदान, भूमिका र कमजोरी : एक समग्र समीक्षा ‘एआई’को प्रयोग गरी कर्मकाण्ड विधिको विकास गरे नेपाली सन्तले एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

मिथिला क्षेत्रमा आज ‘लगपाँच’ पर्व मनाइँदै



अ+ अ-

काठमाडाैँ । मधेसको प्राचीन मिथिला क्षेत्रमा आज ‘लगपाँच’ पर्व मनाइँदै छ । यो पर्वमा नाग (सर्प) प्रजातिका जीवको पूजा गरेर मनाइन्छ । यस वर्ष भदौ सङ्क्रान्तिका दिन उक्त पर्व मनाउन लागिएको हो । सामान्यतया सौरमास साउनमै पर्ने गरे पनि यसपालि गत जेठमा परेको अधिकमासले चन्द्रमासका तिथिपछि धकेलिँदा भदौ लागेको मैथिल कर्मकाण्डी पुरोहितले बताउनुभयो ।

सौरमासले आज भदौ सङ्क्रान्ति भए पनि चन्द्रमास परम्परामा यो पर्व मनाउने चलन छ । हिन्दू मैथिल परम्पराको ‘लगपाँच’ पर्वमा घरका चारैतिर भित्तामा गाईको गोबरले नागको चित्र कोरिन्छ । गोबरले कोरिएको चित्रमा दुबो, सिन्दूर र अक्षता चढाइँदै नाग देवताको पुकारा र पूजा गरिन्छ । यस दिन नागले रुचाउने दूध, लावा (धान र जुनेलो भुटेर बनाइएको परिकार) चढाइने मैथिल परम्परा छ ।

मिथिला धेरैजसो पर्वविधि घरकी मुख्य महिलाले गर्ने चलनअनुसार यो पर्वको पूजा घरकी गृहिणीले गर्नुहुन्छ । घरका मुख्य महिलाले बिहान पवित्र स्नान गरेर पर्वको तयारी गरिने चलन रहेको मैथिल कर्मकाण्डका जानकार भङ्गाहा–५, सिद्धपुरका सन्तोष झाले जानकारी दिनुभयो । मिथिलामा ‘लगपाँच’ लगालग चाडबाड आउन थालेका सूचनाका रूपमा लिने गरिन्छ । ‘लगपाँच’ लगत्तै राखी (रक्षाबन्धन), भदैया रैब, कृष्णाष्टमी, कुशे अमावश्या चौरचन, इन्द्रजात्रा, पितृपक्ष, जितिया, दशहारा, दीपावली, छठलगायत पर्व एकपछि अर्को आउने हुँदा ‘लगपाँच’ लाई चाडबाड सुरु भएको सूचना मान्ने गरिएको छ ।

साउन÷भदौ सर्पादिको भय हुने हुँदा नागको पूजा गर्ने र नागलाई खुसी बनाउन पूर्वजले यो परम्परा बसाएका शिला ठाकुरले बताउनुभयो । घरको भित्तामा गाईको गोबरले नागचित्र कोरेर पूजा गरेमा वर्षभरि सर्पको भय नहुने जनविश्वास रहेको मिथिला संस्कृतिविद् जलेश्वर–५ का धु्रव राय बताउनुहुन्छ ।