५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार

वर्षासँगै नौ सडकखण्ड अवरुद्ध, यात्रामा सतर्कता अपनाउन आग्रह

वर्षासँगै नौ सडकखण्ड अवरुद्ध, यात्रामा सतर्कता अपनाउन आग्रह
अ+ अ-

काठमाडाैँ । लगातारको वर्षाका कारण देशका विभिन्न जिल्लाका नौ सडकखण्ड पहिरो, सडक भासिने तथा नदी कटानका कारण पूर्ण रूपमा अवरुद्ध भएका छन् । नेपाल प्रहरीद्वारा आज यहाँ जारी सूचनाका अनुसार काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने बिपी राजमार्गमा सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी–सिन्धुली सडकखण्डमा बेलुका ६ः०० बजेदेखि बिहान ४ः०० बजेसम्म सबै प्रकारका सवारीसाधनको आवतजावत रोकिएको छ ।

बिहान ४ः०० बजेदेखि बेलुका ६ः०० बजेसम्म भने यातायात सञ्चालन गर्न दिइनेछ । त्यसैगरी, मकवानपुरको कान्ति लोकपथमा वर्षाका कारण बेलुका ५ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । इलामको मेची राजमार्ग इलाम नगरपालिका–९ राजदुवालीमा वर्षाका कारण सडक हिलाम्मे भएपछि पूर्ण रूपमा अवरुद्ध भएको छ । उक्त स्थानमा वैकल्पिक बाटो रहेको प्रहरीले जनाएको छ ।

सिन्धुपाल्चोकको अरनिको राजमार्ग भोटेकोशी गाउँपालिका–२ कोदारीस्थित ईकु पहिरोमा ढुङ्गा, माटो र लेदोसहितको पहिरो खसेपछि तथा सोही गाउँपालिका–२ लिपीङमा सडक भासिएपछि पूर्ण रूपमा अवरुद्ध भएको छ । रसुवाको पासाङ ल्हामु सडकखण्ड उत्तरगया गाउँपालिका–५ खाल्टेमा त्रिशूली नदीले सडकमुनिबाट कटान गरेपछि अवरुद्ध भएको छ । त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी जाने सडकखण्डमा यातायात सञ्चालन हुन सकेको छैन ।

रुकुम पश्चिमको भेरी करिडोर आठबिसकोट नगरपालिका–६ रिजेगार्ड खोलामा सडक माथिबाट ढुङ्गा, माटो र लेदोसहितको पहिरो खसेपछि पूर्ण रूपमा अवरुद्ध भएको छ । उक्त सडकखण्डले जाजरकोट–डोल्पा जोड्छ ।त्यस्तै, सङ्खुवासभाको कोशी राजमार्ग भोटखोला गाउँपालिका–३ सिरेकडाँडामा करिब १० मिटर सडक भासिएपछि पूर्ण रूपमा अवरुद्ध भएको छ । वर्षाका कारण खाँदबारी–किमाथाङ्का सडकखण्डमा सडक भासिएको प्रहरीले जनाएको छ ।

लमजुङको बेँसीसहर–मनाङ सडकखण्ड मस्र्याङ्दी गाउँपालिका–४ रामबजारमा सडक माथिबाट पहिरो खसेपछि अवरुद्ध भएको छ । अविरल वर्षाका कारण पहिरो खसेपछि उक्त सडकखण्डमा यातायात ठप्प भएको हो ।

यसैगरी, म्याग्दीको बेनी–जोमसोम सडकखण्ड अन्नपूर्ण गाउँपालिका–३ रुक्सेमा सडक माथिबाट ढुङ्गा, माटो र लेदोसहितको पहिरो खसेपछि पूर्ण रूपमा अवरुद्ध भएको छ । लगातारको वर्षाका कारण पहाडी तथा हिमाली जिल्लाका सडकमा पहिरो, सडक भासिने तथा नदी कटानको जोखिम बढेकाले प्रहरीले यात्रुलाई सडकको अवस्था बुझेर मात्र यात्रा गर्न तथा जोखिमयुक्त सडकखण्डमा आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ ।