५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार

चितवनमा विद्यालयका सवारीसाधनको गति ४० किलोमिटरमा सीमित, १५ दिनभित्र गति नियन्त्रण उपकरण जडान गर्नुपर्ने

चितवनमा विद्यालयका सवारीसाधनको गति ४० किलोमिटरमा सीमित, १५ दिनभित्र गति नियन्त्रण उपकरण जडान गर्नुपर्ने
अ+ अ-

काठमाडाैँ । चितवनमा विद्यालयका सवारीसाधनको अधिकतम गति प्रतिघण्टा ४० किलोमिटरमा सीमित गरिने भएको छ। दुर्घटनाको जोखिम न्यूनीकरण गर्दै विद्यालयका सवारीसाधनलाई सुरक्षित, अनुशासित र प्रविधिमैत्री बनाउन सबै सवारीसाधनमा गति नियन्त्रण उपकरण जडान गर्नुपर्ने निर्णय गरिएको हो।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको संयोजकत्वमा आइतबार जिल्ला प्रशासन कार्यालयमा बसेको सामुदायिक तथा संस्थागत विद्यालयका सवारीसाधन व्यवस्थापन, नियमन तथा दुर्घटना न्यूनीकरणसम्बन्धी सरोकारवालाको समन्वय बैठकले यस्तो निर्णय गरेको हो।

बैठकले जिल्लाभित्र विद्यार्थी बोक्ने सबै सामुदायिक तथा संस्थागत विद्यालयका सवारीसाधनको अधिकतम गति प्रतिघण्टा ४० किलोमिटर कायम गर्ने निर्णय गरेको छ। तीव्र गति सडक दुर्घटनाको प्रमुख कारणमध्ये एक रहेको अध्ययन–अनुसन्धानलाई ध्यानमा राख्दै गति सीमा निर्धारण गरिएको प्रमुख जिल्ला अधिकारी अर्यालले बताउनुभयो।

उहाँका अनुसार सबै विद्यालयका सवारीसाधनमा १५ दिनभित्र गति नियन्त्रण गर्ने उपयुक्त प्रविधि जडान गरिसक्नुपर्नेछ। उपकरण जडान भए–नभएको अनुगमन जिल्ला ट्राफिक प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय चितवनले गर्नेछन्। गति नियन्त्रण प्रविधि जडान नगरेका विद्यालयका सवारीसाधन सञ्चालनमा रोक लगाइनेछ।

बैठकले विद्यालयका सवारीचालकलाई जिम्मेवारी दिनुअघि दैनिक मादक पदार्थ सेवन (मापसे) जाँच गर्ने व्यवस्था मिलाउन पनि विद्यालयलाई निर्देशन दिएको छ। त्यसका लागि प्रत्येक विद्यालयले मापसे जाँचको अभिलेख राख्ने प्रणाली विकास गरी त्यसको विवरण जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई उपलब्ध गराउनुपर्नेछ।

त्यस्तै, विद्यालयका सवारीसाधनको नियमित यान्त्रिक परीक्षण गर्ने तथा चालक र सहचालकलाई समय–समयमा अनुशिक्षण प्रदान गर्ने निर्णय गरिएको छ। मापसे नियन्त्रणका प्रभावकारी उपाय अवलम्बन गर्नसमेत विद्यालयलाई भनिएको छ।

बैठकमा जिल्लास्थित सुरक्षा प्रमुख, शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख, स्थानीय तहका शिक्षा शाखा प्रमुख, संस्थागत तथा सामुदायिक विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधि, शिक्षक, प्राविधिक कम्पनीका प्रतिनिधि, विद्यालयका चालक र शिक्षासँग सम्बन्धित सरोकारवालाको सहभागिता थियो