१ भाद्र २०८३, सोमबार
,
Latest
मिथिला क्षेत्रमा आज ‘लगपाँच’ पर्व मनाइँदै चुनावी वाचा सम्झाउने मतदातालाई गृहमन्त्री गुरुङको जवाफ– ‘भोट फिर्ता लैजानुस्, नभए पाँच वर्ष काम गर्न… चितवनमा विद्यालयका सवारीसाधनको गति ४० किलोमिटरमा सीमित, १५ दिनभित्र गति नियन्त्रण उपकरण जडान गर्नुपर्ने महाकालीमा जलस्तर खतराको तह पार, शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी रोक सबै स्थानीय तहमा ‘क्लाइमेट च्याम्पियन’ राख्न युवा सम्मेलनको माग, १० बुँदे घोषणा पत्र जारी ट्रकको ठक्करबाट एमाले नेत्री सापकोटाको निधन देशभर श्रद्धापूर्वक नागपञ्चमी मनाइँदै, नागपोखरीमा भक्तजनको भीड दैलाका नाग, आस्थाका हात र जीवित संस्कार (फोटो फिचर) सुख्खा पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा टर्कीमा मिनीबस दुर्घटनाः सात जनाको मृत्यु, नौ घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

चुनावी वाचा सम्झाउने मतदातालाई गृहमन्त्री गुरुङको जवाफ– ‘भोट फिर्ता लैजानुस्, नभए पाँच वर्ष काम गर्न दिनुस्’



अ+ अ-

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले निर्वाचनका क्रममा गरेका प्रतिबद्धता पूरा गर्न माग गर्दै आएका गोरखाको शहीद लखन गाउँपालिका–९ का स्थानीयवासीलाई आफूले तत्कालै विकासको कायापलट गर्न नसक्ने बताएका छन् ।

गत फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा गोरखा–१ बाट निर्वाचित गुरुङसँग स्थानीयवासीले चुनावका बेला गरिएका वाचा स्मरण गराउँदै ती योजना कार्यान्वयनका लागि बजेटको व्यवस्था कहाँ भयो भन्दै प्रश्न गरेका थिए ।

मतदातासँगको अन्तर्क्रियाका क्रममा स्थानीयवासीले विकास निर्माणका विषयमा चुनावअघि आफूले व्यक्त गरेका प्रतिबद्धता पूरा गर्न आग्रह गरेपछि मन्त्री गुरुङले स–साना सबै योजना बजेटमा समेट्दा ठूलो हुने भन्दै प्राथमिकताका आधारमा काम अघि बढिरहेको बताएका थिए ।

गुरुङका अनुसार विकास आयोजनाका लागि स्थानीय तहबाट आवश्यक योजनाको सूची माग गरिएको छ । प्राप्त सूचीका आधारमा बजेट तथा कार्यक्रम अघि बढाउने प्रक्रिया भइरहेको उनको भनाइ थियो ।

स्थानीयवासीको प्रश्नको जवाफ दिँदै उनले चार महिनामै विकासको ठूलो परिवर्तन सम्भव नहुने बताए । उनले आफूलाई काम गर्ने समय दिन आग्रह गर्दै असन्तुष्ट भए मत फिर्ता लैजानसमेत व्यंग्यात्मक शैलीमा बताएका थिए ।

‘चार महिनामा बल्ल पहिलो बजेट आएको छ । चार महिनामै कायापलट गर्न सकिँदैन,’ गुरुङले भनेका छन्, ‘भोट फिर्ता लिएर जानुस्, हैन भने मलाई पाँच वर्ष काम गर्न दिनुस्।’

उनले आफूले निर्वाचनकै समयमा पनि मतदातालाई विश्वास गर्न नसके नजिताउन आग्रह गरेको स्मरण गराउँदै आफूले जनतासामु स्पष्ट धारणा राखेर निर्वाचनमा गएको दाबी गरे ।

गुरुङको उक्त अभिव्यक्तिको भिडियो अहिले सामाजिक सञ्जालमा व्यापक रूपमा शेयर भइरहेको छ । भिडियो सार्वजनिक भएपछि उनको ‘भोट फिर्ता लैजानुस्’ भन्ने अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया व्यक्त भइरहेका छन् ।