२१ भाद्र २०८३, आईतवार
,
Latest
बाढीले मनास्लु पदमार्ग अवरुद्ध ऊर्जामन्त्री श्रेष्ठले त्रिशुली थ्री `ए´ काे सुरूङमार्गबाट उद्वार गरिएका घाइतेलाई भेटे नुवाकोटको ताँदी नदीमा बेलीब्रिज जडान जारी भोटेकोशी बाढी प्रभावित परिवारका सदस्यलाई एक वर्ष निःशुल्क स्वास्थ्य सेवा मोहना अन्सारीको टिप्पणी : ‘सरकार र संसदमा नेपालको जनसांख्यिक विविधता प्रतिबिम्बित भएन’ कृष्णभीर पहिरोको दीर्घकालीन समाधानका लागि दुई विकल्पमा अध्ययन आन्तरिक राजनीतिभन्दा विपद् पीडितको राहत र उद्धारमा काँग्रेस लाग्छः गगन थापा नारायणगढ–मुग्लिन सडकखण्डमा दैनिक १० घण्टा आंशिक रोक भोटेकोशी बाढी : १३ हजारभन्दा बढीको उद्धार, अझै ५ हजार बेपत्ता बालेनलाई गगनले भने– संयुक्त राष्ट्रसंघको महासभामा तथ्य र प्रमाणसहित प्रश्तुत हुनुस्, आफ्नो सचिवालयको मात्रै भर…
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोहना अन्सारीको टिप्पणी : ‘सरकार र संसदमा नेपालको जनसांख्यिक विविधता प्रतिबिम्बित भएन’



अ+ अ-

काठमाडाैँ । राष्ट्रिय मानव अधिकार आयोगकी पूर्वसदस्य तथा मानव अधिकार अभियन्ता मोहना अन्सारीले वर्तमान सरकार र संसदमा नेपालको जनसांख्यिक विविधता प्रतिबिम्बित हुन नसकेको टिप्पणी गर्नुभएको छ ।

आइतबार ललितपुरमा आयोजित ‘पुनर्विचारः समयानुसार संविधानमा सुधार’ विषयक गोष्ठीमा बोल्दै अन्सारीले नेपालको इतिहासमा पहिलोपटक मधेसी मूलका व्यक्ति प्रधानमन्त्री बन्नु सकारात्मक भए पनि समग्र सरकार भने समावेशी हुन नसकेको बताउनुभयो ।

उहाँले संसदमा समेत आर्थिक पहुँच भएका व्यक्तिहरूको प्रतिनिधित्व बढी भएको भन्दै आर्थिक रूपमा कमजोर नागरिकले निर्वाचन लड्नै नसक्ने अवस्था आएको हो कि भन्ने गम्भीर प्रश्न उठाउनुभयो ।

‘अहिलेको सरकारमा नेपालको जुन पपुलेसनको फिचर छ, त्यो देख्दिनँ । नेपालको इतिहासमा पहिलोपटक मधेसी मूलको मान्छे प्रधानमन्त्री हुनुभएको छ, यो एप्रिसियट गर्ने कुरा हो । तर सरकार इन्क्लुसिभ छैन । पार्लियामेन्टको अवस्था पनि त्यस्तै छ । जोसँग पैसा छ, ऊ नै पार्लियामेन्टेरियन भएको छ । के आम नेपाली, जोसँग पैसा छैन, उसले अब चुनाव लड्न पाउँदैन ?’ उहाँले प्रश्न गर्नुभयो ।

अन्सारीले पछिल्लो ३० वर्षमा नेपालको मानव अधिकारको अवस्था सन्तोषजनक नरहेको दाबी गर्दै मुलुकमा दण्डहीनता बढ्दै गएको बताउनुभयो । उहाँले कानुन उल्लंघन गर्नेहरूलाई जवाफदेही बनाउन नसक्दा ‘जसले जे गरे पनि हुने’ अवस्था सिर्जना भएको टिप्पणी गर्नुभयो ।

गत वर्ष भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका घटनामा संलग्नलाई जवाफदेही बनाउन नसकिएकोप्रति समेत उहाँले असन्तुष्टि व्यक्त गर्नुभयो । आन्दोलनका क्रममा व्यक्तिगत सम्पत्तिमा आगजनी तथा लुटपाट भएको भए पनि त्यसमा संलग्नमाथि अनुसन्धान र कारबाही हुन नसकेको उहाँको भनाइ छ ।

अन्सारीले सरकारले नै भदौ २३ र २४ गतेका घटनामा संलग्नमाथि अनुसन्धान हुन नदिएको आरोप लगाउनुभयो । अदालतले कसैलाई छाड्ने वा कारबाही गर्ने विषय आफ्नो क्षेत्राधिकार भएको भन्दै उहाँले अनुसन्धानको प्रक्रिया नै अघि बढ्न नदिनु गलत भएको बताउनुभयो ।

युवा नेतृत्वप्रति नागरिकको ठूलो विश्वास र अपेक्षा रहे पनि उनीहरू समेत ‘फोहोरी राजनीतिक खेल’मा लागेको आरोप अन्सारीले लगाउनुभयो ।

उहाँले आन्दोलनका क्रममा भएका आगजनी र लुटपाटमा संलग्नलाई कानुनी दायरामा ल्याउन वर्तमान सरकार इच्छुक नदेखिएको आरोप लगाउँदै मानव अधिकारको संरक्षण र दण्डहीनताको अन्त्यका लागि राज्य गम्भीर बन्नुपर्नेमा जोड दिनुभयो।