२१ भाद्र २०८३, आईतवार
,
Latest
ओलीको तस्बिर दुरुपयोग गरी एआईबाट भ्रामक सामग्री बनाइएकोमा एमालेको आपत्ति भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई चार्जिङ सामग्री सहयोग बाढीले मनास्लु पदमार्ग अवरुद्ध ऊर्जामन्त्री श्रेष्ठले त्रिशुली थ्री `ए´ काे सुरूङमार्गबाट उद्वार गरिएका घाइतेलाई भेटे नुवाकोटको ताँदी नदीमा बेलीब्रिज जडान जारी भोटेकोशी बाढी प्रभावित परिवारका सदस्यलाई एक वर्ष निःशुल्क स्वास्थ्य सेवा मोहना अन्सारीको टिप्पणी : ‘सरकार र संसदमा नेपालको जनसांख्यिक विविधता प्रतिबिम्बित भएन’ कृष्णभीर पहिरोको दीर्घकालीन समाधानका लागि दुई विकल्पमा अध्ययन आन्तरिक राजनीतिभन्दा विपद् पीडितको राहत र उद्धारमा काँग्रेस लाग्छः गगन थापा नारायणगढ–मुग्लिन सडकखण्डमा दैनिक १० घण्टा आंशिक रोक
तपाईं के खोज्दै हुनुहुन्छ ?

ऊर्जामन्त्री श्रेष्ठले त्रिशुली थ्री `ए´ काे सुरूङमार्गबाट उद्वार गरिएका घाइतेलाई भेटे



अ+ अ-

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले रसुवाकाे भाेटेकाेशी नदीमा आएकाे विनाशकारी बाढीमा परी घाइते भएका जलविद्युत् आयाेजनाका कर्मचारी भेट गर्नुभएकाे छ ।

आइतबार दिउँसाे छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल पुगेर मन्त्री श्रेष्ठले उपचारत घाइते कर्मचारी र उनीहरूकाे परिवारसँग भेट गरि स्वास्थ स्थितिबारे जानकारी लिनुभएकाे हाे ।

मन्त्री श्रेष्ठले त्रिशुली थ्री ए जलविद्युत् आयाेजनाबाट उद्वार गरिएका नेपाल विद्युत् प्राधिकरणका मेकानिकल फोरम्यान सञ्जय साह र मेकानिकल सुपरभाइजर कबिर महर्जनलाई भेट्नुभएकाे उहाँका प्रमुख स्वकिय सचिव सन्जिव महर्जनले जानकारी दिनुभयाे । उहाँकाअनुसार मन्त्री श्रेष्ठले कबिर महर्जनका परिवारसँग पनि भेट गरि हौसला प्रदान गर्नुभएकाे थियाे ।

यसैगरी मन्त्री श्रेष्ठले माथिल्लो त्रिशुली १ बाट उद्वार गरिएका चिनियाँ नागरिकसँग पनि भेट्नुभयाे । स्याफ्रुबाट उद्वार गरिएकी एक किशोरीलाई पनि मन्त्री श्रेष्ठले भेट्नुभएकाे थियाे ।
मन्त्री श्रेष्ठले भन्नुभयाे, `उहाँहरूकाे स्वास्थ अवस्था सुधाराेन्मुख छ । पानी र लेदाेबाट भएका घाउहरू निकाे हुँदैछ । शारीरिक घाउ चाेटहरू निकाे हुन थालेकाे छ । मानसिक र मनाेवैज्ञानिक परामर्श आवश्यक छ ।´

मन्त्री श्रेष्ठले उपचारमा खटिएका स्वास्थ्यकर्मी र उद्वारकर्मी सबैलाई धन्यवाद पनि दिए । `स्वास्थ्यकर्मीले पनि एकदमै राम्राेसँग रेखदेख गर्नुभएकाे छ,´ उहाँले भन्नुभयाे ।

छाउनी अस्पतालका डा. कर्णेल कुमार राेकाले मन्त्री श्रेष्ठलाई घाइतेकाे अवस्थाबारे जानकारी गराउनुभएकाे थियाे ।