२१ भाद्र २०८३, आईतवार
,
Latest
बाढीले मनास्लु पदमार्ग अवरुद्ध ऊर्जामन्त्री श्रेष्ठले त्रिशुली थ्री `ए´ काे सुरूङमार्गबाट उद्वार गरिएका घाइतेलाई भेटे नुवाकोटको ताँदी नदीमा बेलीब्रिज जडान जारी भोटेकोशी बाढी प्रभावित परिवारका सदस्यलाई एक वर्ष निःशुल्क स्वास्थ्य सेवा मोहना अन्सारीको टिप्पणी : ‘सरकार र संसदमा नेपालको जनसांख्यिक विविधता प्रतिबिम्बित भएन’ कृष्णभीर पहिरोको दीर्घकालीन समाधानका लागि दुई विकल्पमा अध्ययन आन्तरिक राजनीतिभन्दा विपद् पीडितको राहत र उद्धारमा काँग्रेस लाग्छः गगन थापा नारायणगढ–मुग्लिन सडकखण्डमा दैनिक १० घण्टा आंशिक रोक भोटेकोशी बाढी : १३ हजारभन्दा बढीको उद्धार, अझै ५ हजार बेपत्ता बालेनलाई गगनले भने– संयुक्त राष्ट्रसंघको महासभामा तथ्य र प्रमाणसहित प्रश्तुत हुनुस्, आफ्नो सचिवालयको मात्रै भर…
तपाईं के खोज्दै हुनुहुन्छ ?

आन्तरिक राजनीतिभन्दा विपद् पीडितको राहत र उद्धारमा काँग्रेस लाग्छः गगन थापा



अ+ अ-

नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीको आन्तरिक सांगठनिक कार्य र राजनीतिक संवादभन्दा प्राकृतिक विपत्तिमा परेका नागरिकको सेवा अहिलेको मुख्य प्राथमिकता रहेको बताउनुभएको छ ।

आईतवार पार्टी केन्द्रिय कार्यालयमा आयोजित केन्द्रिय कार्यसम्पादन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । थापाले पार्टीको महाधिवेशन र आन्तरिक छलफलहरू नियमित प्रक्रिया भएको उल्लेख गर्दै अहिलेको संकटपूर्ण घडीमा राजनीतिक जोडघटाउभन्दा जनसेवा महत्वपूर्ण रहेको स्पष्ट पार्नुभयो ।

उहाँले बाढी र पहिरोका कारण ठूलो क्षति व्यहोरेका धादिङ, रसुवा र नुवाकोट लगायतका जिल्लाका प्रभावित नागरिकका लागि पार्टीका कार्यकर्ताहरू फिल्डमा खटिएको जानकारी दिनुभयो । स्थलगत रूपमा प्राप्त तथ्य र विवरणका आधारमा पार्टीले आगामी कार्ययोजना तय गरी निरन्तर काम गर्ने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘शेरबहादुर देउवा, डा. शेखर कोईराला र पूर्णबहादुर खड्का लगायतका नेताहरूसँगको संवाद र भेटघाटलाई सञ्चारमाध्यमले चासोका साथ हेर्नु स्वाभाविक हो । तर मेरो लागि ती संवादभन्दा अहिले धादिङ, रसुवा र नुवाकोटका पीडित नागरिकको समस्या समाधान र उहाँहरूसँगको संवाद बढी महत्त्वपूर्ण छ । यसपटक हामीलाई कुनैपनि चाडपर्वले छुँदैन । सर्वश्व गुमाएका पीडितहरूको साथमा रहेर हामी निरन्तर काम गर्नेछौँ ।’

विपद्को यस घडीमा यस वर्षको दशैँ, तिहार लगायतका कुनैपनि चाडपर्वमा विश्राम नलिई काम गर्ने प्रतिवद्धता थापाले व्यक्त गर्नुभयो । –न्युज एजेन्सी नेपाल