२१ भाद्र २०८३, आईतवार
,
Latest
तिब्बत क्षेत्रमा बाढीबाट मृत्यु हुनेको सङ्ख्या ४३ पुग्यो, ५१९ जना बेपत्ता गाजाबाट प्यालेष्टिनीलाई निष्कासन गर्ने योजनाका कारण शान्ति प्रस्ताव प्रभावित हुने न्यायाधीश नियुक्तिको अधिकार प्रधानन्यायाधीशलाई दिनुपर्छः संविधानविद् अधिकारी भदौ १० गतेको विपद्मा दिवंगतप्रति श्रद्धाञ्जली, स्वयम्भूमा स्मृति तथा दीप प्रज्वलन कार्यक्रम गोरखाको चुमनुब्री–४ मा बाढीपीडितका लागि राहत पठाइँदै राप्रपाका महामन्त्री शरदराज पाठकद्वारा पार्टीका सबै जिम्मेवारी परित्याग ओलीको तस्बिर दुरुपयोग गरी एआईबाट भ्रामक सामग्री बनाइएकोमा एमालेको आपत्ति भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई चार्जिङ सामग्री सहयोग बाढीले मनास्लु पदमार्ग अवरुद्ध ऊर्जामन्त्री श्रेष्ठले त्रिशुली थ्री `ए´ काे सुरूङमार्गबाट उद्वार गरिएका घाइतेलाई भेटे
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपाका महामन्त्री शरदराज पाठकद्वारा पार्टीका सबै जिम्मेवारी परित्याग



अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री शरदराज पाठकले पार्टीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै पार्टीका सबै जिम्मेवारी परित्याग गरेका छन् ।

पाठकले आइतबार सामाजिक सञ्जालमार्फत विज्ञप्ति जारी गर्दै महामन्त्रीसहित पार्टीका सबै पद तथा पार्टी सदस्यसमेत नरहने घोषणा गरेका हुन् । उनी करिब चार वर्षदेखि राप्रपाको महामन्त्रीको जिम्मेवारीमा थिए ।

पार्टीको विचारधारा र व्यवहारबीच चरम विरोधाभास रहेको भन्दै पाठकले नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन् । ‘भ्रष्टाचार गरेर खानु आमाको रगत खाएसरह हो’ भन्ने कठोर नारालाई मूलमन्त्र मान्ने बताउने पार्टीमा त्यसअनुरूपको व्यावहारिक प्रतिबद्धता र पारदर्शिताको ठूलो अभाव देखिएको उनको भनाइ छ ।

पार्टीको केन्द्रीय नेतृत्व तहमा स्थापनाकालदेखिकै आन्तरिक बेमेल र गुटगत स्वार्थका कारण तिक्ततापूर्ण संघर्ष बढ्दै गएको पनि पाठकले बताएका छन् । यस्तो अवस्थाले नयाँ पुस्ताका इमानदार, शिक्षित र सचेत युवालाई पार्टीमा आकर्षित गर्न नसकिएको उनको आरोप छ ।

‘म लगायत नयाँ जोडिएका साथीहरूले सो अवस्थामा परिवर्तन ल्याउन सक्ने कुनै सम्भावना देखिँदैन । यसमा मेरा आफ्ना कमजोरीहरू पनि होलान्,’ पाठकले विज्ञप्तिमा भनेका छन् ।

यद्यपि राप्रपाका तल्लो तहमा रहेका नेता तथा कार्यकर्ताको निष्ठा र प्रतिबद्धता भने अतुलनीय र प्रेरणादायी रहेको उनले उल्लेख गरेका छन् । उनीहरूप्रति आफू सधैँ नतमस्तक रहने पाठकले बताएका छन् ।पाठक रविन्द्र मिश्रसँगै राप्रपामा प्रवेश गरेका थिए । मिश्रले पनि पछिल्लो निर्वाचनलगत्तै राप्रपा छाडेका थिए ।