२१ भाद्र २०८३, आईतवार
,
Latest
रसुवाको भोटेककोशी बाढीः १ हजार ३ सय ४२ को शव फेला गृहमन्त्री गुरुङद्वारा ‘जेन–जी शहीद स्मारक पार्क तथा शालिक र स्तम्भ’को शिलान्यास सर्वोच्चको निर्णय पर्खिनु पर्छः नेता लेखक रसुवा बाढीमा कर्णालीका १६८ जनाको अवस्था अज्ञात बाढीपहिरोको जोखिम न्यूनीकरण गर्न तयारी र सतर्कता अपनाउन निर्देशन बाढी प्रभावित क्षेत्रमा ड्रोनबाट खाद्यान्न ढुवानी सुरु भूकम्पले रोकिएको नित्य प्रवचन ११ वर्षपछि सुरु भोटेकोशी बाढीः यसरी भइरहेको छ खोज, उद्धार र राहत कार्य तिब्बत क्षेत्रमा बाढीबाट मृत्यु हुनेको सङ्ख्या ४३ पुग्यो, ५१९ जना बेपत्ता गाजाबाट प्यालेष्टिनीलाई निष्कासन गर्ने योजनाका कारण शान्ति प्रस्ताव प्रभावित हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

तिब्बत क्षेत्रमा बाढीबाट मृत्यु हुनेको सङ्ख्या ४३ पुग्यो, ५१९ जना बेपत्ता



अ+ अ-

बेइजिङ। चीन–नेपाल सीमा नजिकको हिमाली क्षेत्रमा गत भदौ १० गते आएको विनाशकारी बाढीका कारण चीनतर्फ मृत्यु हुनेको सङ्ख्या ४३ पुगेको उद्धार तथा खोजी अभियानमा संलग्न अधिकारीहरूले आइतबार पुष्टि गरेका छन् ।

पछिल्लो गणना अनुसार हिमाली क्षेत्रमा गएको पहिरो र यसबाट हिमनदीमा आएको बाढीका कारण ४३ जनाको मृत्यु भएको र ५१९ जना बेपत्ता भएका छन् ।

पहिरोसँगै आएको बाढीले चीन र नेपाल गरी दुवै देशमा लगभग एक हजार ४०० जनाको ज्यान लिएको छ भने पाँच हजार ५०० भन्दा बढीलाई बेपत्ता बनाएको छ । बाढीका कारण हजारौँ घरहरूलाई बाढीले बगाउँदा वा डुबानमा पार्दा दशौँ हजार मानिस विस्थापित बनेका छन् ।

बाढीको कारण नेपाली क्षेत्रमा रहेका विद्युत्गृह, सडक सञ्जाल, पुल पुलेसा, घर तथा खेती योग्य जमिनमा पुगेको क्षति सयौँ अर्बभन्दा बढी पुग्ने प्रारम्भिक अनु्मान गरिएको छ ।  (रासस/सिन्ह्वा)