२१ भाद्र २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

गृहमन्त्री गुरुङद्वारा ‘जेन–जी शहीद स्मारक पार्क तथा शालिक र स्तम्भ’को शिलान्यास



अ+ अ-

काठमाडौँ। सिंहदरबारस्थित संघीय संसद भवन परिसरमा ‘जेन–जी शहीद स्मारक पार्क तथा शालिक र स्तम्भ’ को शिलान्यास गरिएको छ ।

आईतवार एक कार्यक्रमकाबीच गृहमन्त्री सुधन गुरुङ, पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले ‘जेन–जी सहिद स्मारक पार्क तथा शालिक र स्तम्भ’को संयुक्त रुपमा शिलान्याश गर्नुभएको हो ।

शिलान्याशपछि सञ्चारकर्मीसँग कुरा गर्दै गृहमन्त्री गुरुङले जेन–जी पुस्ताले अघि सारेका मागहरु सम्बोधन गर्न सरकार प्रतिवद्ध रहेको बताउनु भयो । उहाँले जेन–जी पुस्ताको आन्दोलनको क्रममा शहीद भएका सबैको शालिक निर्माण गरिने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामी आफैं कसम खाएर आएका छौँ, त्यो उहाँहरुको माग पूरा गर्छौँ । आन्दोलनको क्रममा जति जना शहीद हुनुभएको छ, उहाँहरु सबैको शालिक बन्छ ।’

सरकारले जेन–जी शहीद दिवसको अवसरमा २३ भदौमा मुलुकभर सार्वजनिक विदा दिने निर्णय समेत गरेको छ । –न्युज एजेन्सी नेपाल