२१ भाद्र २०८३, आईतवार
,
Latest
रसुवाको भोटेककोशी बाढीः १ हजार ३ सय ४२ को शव फेला गृहमन्त्री गुरुङद्वारा ‘जेन–जी शहीद स्मारक पार्क तथा शालिक र स्तम्भ’को शिलान्यास सर्वोच्चको निर्णय पर्खिनु पर्छः नेता लेखक रसुवा बाढीमा कर्णालीका १६८ जनाको अवस्था अज्ञात बाढीपहिरोको जोखिम न्यूनीकरण गर्न तयारी र सतर्कता अपनाउन निर्देशन बाढी प्रभावित क्षेत्रमा ड्रोनबाट खाद्यान्न ढुवानी सुरु भूकम्पले रोकिएको नित्य प्रवचन ११ वर्षपछि सुरु भोटेकोशी बाढीः यसरी भइरहेको छ खोज, उद्धार र राहत कार्य तिब्बत क्षेत्रमा बाढीबाट मृत्यु हुनेको सङ्ख्या ४३ पुग्यो, ५१९ जना बेपत्ता गाजाबाट प्यालेष्टिनीलाई निष्कासन गर्ने योजनाका कारण शान्ति प्रस्ताव प्रभावित हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाढी प्रभावित क्षेत्रमा ड्रोनबाट खाद्यान्न ढुवानी सुरु



अ+ अ-

रसुवा। बाढी प्रभावित रसुवाको गाउँ बस्तीमा ड्रोन उपकरणमार्फत खाद्यान्न ढुवानी सुरु गरिएको छ ।

ड्रोन ढुवानी सेवाको पहिलो दिन आज स्थानीय हाकुबेँसी क्षेत्रमा खाद्यान्न पुर्‍याइएको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार चीन सरकारबाट प्राप्त ड्रोनको पारवहन क्षमता ८० किलो भनिए पनि परीक्षणका क्रममा प्रतिउडान ५३ किलोका दरले ढुवानी गरिएको छ ।

आज १२ वटा उडानमार्फत करिब ६६४ किलो खाद्यान्न ढुवानी गरिएको प्रजिअ अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार यसैगरी आज टिमरेको घट्टेखोलामा तीन, हाकु क्षेत्रमा दुई र डाँडा गाउँ क्षेत्रमा एक गरी छ वटा सिम्रिक एयरको हेलिकप्टरमार्फत शव व्यवस्थापनका लागि नुवकोटाको विदुर पठाइएको छ ।

यही भदौ १० गतेको भोटेकोशी हुँदै आएको बाढीमा परेर रसुवामा अहिलेसम्म १६९ शव सङ्कलन गरिएको जिल्लाका प्रहरी प्रमुख अशोक थापाले जानकारी दिनुभयो । रासस