२३ मंसिर २०८२, मंगलवार
,
Latest
सिरहाका चारवटै क्षेत्रमा कांग्रेसको उम्मेदवार सिफारिस मल आपूर्ति र धान खरिदको कोटा बढाउन प्रदेश सरकारको पहल ‘गोबर गणेश’को पोस्टरमा प्रशन्न मरिचमान र वर्षा हङकङ आगलागीमा मृत्यु सङ्ख्या १६० पुग्यो बारीको पाटामा जन्ते बाख्रो, मौलिक संस्कृति ब्युताउँने सेफहरुको प्रयास चीनद्वारा नयाँ उपग्रह ‘याओगान–४७’ प्रक्षेपण ‘जेनजी सहिद’ का सपना पूरा गर्नु नै सरकारको प्रमुख दायित्व होः मन्त्री अर्याल र्‍यापर स्यामुएद्वारा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको स्वीकार प्रधानमन्त्रीलाई श्रेष्ठको आग्रह,‘निर्वाचन सम्पन्न गरेर मात्र तपाईं निस्कनुपर्छ’ इन्डोनेसियाको राजधानीमा भीषण आगलागी, महिलासहित २२ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनार्दन शर्माको अभिव्यक्तिबारे माओवादीले भन्योः एकाध व्यक्तिले बोलेका कुराको अर्थ छैन



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठकमा नेताहरुले गुट भंग गरेर थप एकतावद्ध भइ अघि बढ्नुपर्ने धारणा राखेका छन् ।

आईतावर पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा बसेको बैठकमा अधिकांश नेताहरुले गुट बन्द गर्नुपर्ने र स्वार्थ समूहहरु विघटन गर्नुपर्ने आवश्यकता रहेको बताएको पनि पार्टीका प्रवक्ता अग्नि सापकोटाले बताउनु भयो । उहाँले व्यक्तिवादी अराजकता, अनुशासनहिनता पार्टीमा बढेर गएको र त्यसलाई नियन्त्रण गर्नुपर्ने धारणा राख्नुभएको जानकारी दिनुभयो । सांस्कृतिक क्रान्ति चलाउन सदस्यहरुले माग गरेको बताउनु भयो । विश्व परिवेशको बारेमा पनि वृहंगम छलफल भएको उहाँको दाबी छ ।

भ्रष्टाचारविरुद्ध, सुशासन कायम गर्न आवश्यक रहेको सदस्यहरुले व्यवस्थित ढंगले अघि बढ्नुपर्ने धारणा राख्नुभएको छ । अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वलाई अझ सबल, सुदृढ र व्यवस्थित गर्नुपर्ने अधिकांश नेताहरुले आफ्ना धारणा राख्नुभएको पनि बताउनु भयो । अध्यक्षले आत्मालोचना गर्नुपर्ने कुनै सदस्यहरुले धारणा नराखेको स्पष्ट पार्नुभयो । अध्यक्षले आत्मालोचना गर्नुपर्ने विषय उठाउनुभएका पार्टीका उपमहासचिव जनार्दन शर्माले एकाध व्यक्तिले बोलेका कुराको कुनै अर्थ नरहेको पनि स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘धेरैले भनेको कुरा के हो भने गुट भंग गर्नुपर्छ, स्वार्थ समूहहरु विघटन गर्नुपर्छ । अनि मात्रै पार्टी एकता हाँसिल गर्न सकिन्छ । व्यक्तिवादी अराजकता, अनुशासनहिनता जुन बढेर गएको छ, त्यसलाई अब नियन्त्रण गर्नुपर्छ । शुद्धिकरण, रुपान्तरणका कुरा अलि बढी आएका छन् ।’

आईतवार १९ जना स्थायी कमिटी सदस्यहरुले आफ्ना धारणा राख्नुभएको पनि जानकारी दिनुभयो ।