१९ मंसिर २०८२, शुक्रबार
,
Latest
सहरी क्षेत्रको माटोको गुणस्तर अभिवृद्धि गर्नु जरुरी छः मन्त्री परियार मुस्ताङ भन्सारमा चार अर्ब ४१ करोड बढी राजस्व सङ्कलन कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो एनपीएलः जनकपुरलाई हराउँदै लुम्बिनी प्लेअफमा उपराष्ट्रपति यादवसँग सार्क महासचिवको शिष्टाचार भेट महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंहले दिए राजीनामा



अ+ अ-

काठमाडौं।वागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले पदबाट राजीनामा दिनुभएको छ ।

आईतवार पत्रकार सम्मेलन गर्दै उहाँँले पदबाट राजीनामा दिनुभएको हो । लामा २०८१ साउन ९ गते वागमती प्रदेशको मुख्यमन्त्री बन्नुभएको थियो । पार्टी संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँसँग पराजित भएसँगै पदबाट राजीनामा दिनुपर्ने दबाब बढेको थियो । आईतवार साँझ प्रदेश प्रमुख दीपक देवकोटालाई राजीनामा पत्र बुझाउनुभएको हो ।

राजीनामा पत्र बुझाएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले राजनीतिक षड्यन्त्रबाट सरकार ढालिएको आरोप लगाउनु भयो । पत्रकार सम्मेलनमा उहाँले आफ्नो कार्यकालमा भएका प्रगति विवरण समेत प्रश्तुत गर्नुभएको थियो ।

आफ्नो नेतृत्वको सरकारले विपद् व्यवस्थापन, भौतिक पूर्वाधार विकास, पुँजीगत खर्च, राजश्व संकलनको क्षेत्रमा उल्लेख सुधार गरेको उहाँलको दाबी गर्नुभएको छ । प्राकृतिक विपतको समयमा क्षतिग्रस्त भौतिक पूर्वाधारको मर्मत सम्भारको लागि दु्रत प्रतिकार्य टोली गठन गरिएको उहाँले बताउनुभयो । आफ्नो कार्यकालमा २१ वटा रुग्ण आयोजनाको निर्माण सम्पन्न गरेको उहाँले दाबी गर्नुभयो ।

मुख्यमन्त्री लामाले आफ्नो नेतृत्वको सरकारले राजश्व संकलनमा पनि वृद्धि गरेको दाबी गर्नुभएको छ । यसैगरी आफ्नो एक वर्षे कार्यकालमा सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउन डिजिटलाईजेसन गर्ने प्रक्रियालाई सुरु गरिएको समेत उहाँले बताउनुभयो । सुशासन प्रवद्र्धनका निम्ति भ्रष्टाचार विरुद्धको प्रादेशिक कार्ययोजना बनाई कार्यान्वयनमा ल्याउने कार्यक्रमहरुलाई प्राथमिकता दिएको उहाँको भनाई छ ।

मुख्यमन्त्री लामाले प्रदेशमा मात्र नभई स्थानीय तहसम्म पनि शासकीय सवलीकरण गर्ने दिशामा प्रदेश सरकार अगाडि बढेको दाबी गर्नुभयो । लामाले राजीनामा दिएसँगै बागमतीको मुख्यमन्त्री दलको नेताको रूपमा इन्द्र बानियाँ हुनेछन् । सत्तासाझेदार दल नेकपा एमालेसँग एकवर्षअघि भएको सरकारको नेतृत्व गर्ने समयावधिको सहमतिअनुसार अब हुने भनिएका मुख्यमन्त्री बानियाँले ८ महिना सरकार सञ्चालन गर्नेछन् ।

पार्टी सभापति शेरबहादुर देउवाको बुढानीलकण्ठस्थित निवासमा हिजो दोस्रो पटक छलफलपछि लामा राजीनामा दिन तयार हुनु भएको थियो । उहाले आफ्ना तीन जना सांसदलाई मन्त्री बनाउनुपर्ने सर्त राख्नु भएको छ ।

राजीनामापछि कांग्रेस प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँको नेतृत्वमा बागमतीमा नयाँ सरकार गठनको बाटो खुलेको छ ।

तस्बिर : अञ्जली थापा/रासस