२१ आश्विन २०८३, बुधबार Wednesday, October 7, 2026
२१ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar आज दिनभर झरी, शनिबारदेखि सुधार हुने News Polar अस्थायी आवास बनाउन चाहने सङ्घसंस्थबाट प्रस्ताव आह्वान News Polar दसैँअघि नै सबै मुख्य सडक सञ्चालनमा ल्याउने तयारी News Polar दसैँमा एटीएमबाटै रु १०० का नयाँ नोट पाइने News Polar नवलपुरमा गर्भपतन सेवा लिनेका सङ्ख्या घट्दै News Polar लत्रिएको बिजुलीको तारमा करेन्ट लागेर गुल्मीमा एकजनाको मृत्यु News Polar सरकारले जलन उपचारका लागि राष्ट्रिय मापदण्ड तयार गर्‍यो News Polar तीस अर्बको निक्षेप सङ्कलन गर्दै राष्ट्र बैंक News Polar सुनचाँदीको मूल्य बढ्यो News Polar राष्ट्रिय दलित आयोगद्वारा राष्ट्रपति पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेश News Polar हावाहुरी र वर्षाले कांग्रेसको बन्द सत्र प्रभावित, आजै प्रतिवेदन पारित गर्ने तयारी News Polar कांग्रेस महाधिवेशन : उम्मेदवारी फिर्ता र नामावली सच्याउन दिउँसो २ बजेसम्मको समय News Polar जनकपुरधाममा दशैँको तयारी तीव्र, राजदेवी मन्दिरसहित दर्जनौँ स्थानमा भव्य पूजा हुने News Polar पीपीएमा कडाइ गर्दै सरकार, खपत सुनिश्चित नभई सम्झौता नगर्ने ऊर्जामन्त्रीको संकेत News Polar राणाले गरे कांग्रेस महामन्त्रीमा उम्मेदवारी घोषणा, भने– ‘तरुण पंक्तिको प्रतिनिधित्व गर्छु’ News Polar केन्द्रिय सदस्यमा उम्मेदवारी दिएका विद्वान गुरुङ भन्छन्– मुलुकलाई नयाँ दिशा दिन र पार्टीलाई थप सशक्त बनाउने संकल्प छ News Polar नयाँ पुस्ताको जोश र पुरानो पुस्ताको अनुभवबाट काँग्रेसलाई सशक्त बनाउनुपर्छ : सुरेन्द्रराज पाण्डे News Polar संविधान र व्यवस्था जोगाउन युवाहरू आन्दोलन र जेल जान तयार हुनुपर्छ : महेन्द्र यादव News Polar गगन थापाको नेतृत्वमा कांग्रेस रूपान्तरण भएको फरमुल्लाह मन्सुरको दाबी News Polar कांग्रेसको बन्द सत्रमा सबैलाई प्रवेश खुला, प्रत्यक्ष प्रसारण हुने

भूमि सम्बन्धी विधेयक आवश्यकै छैनः माओवादी सांसद राई

भूमि सम्बन्धी विधेयक आवश्यकै छैनः माओवादी सांसद राई
अ अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) की सांसद दुर्गा राईले भूमि सम्बन्धी विधेयक आवश्यक नै नभएको बताउनुभएको छ ।

आईतवार बसेको कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिके बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिले संशोधन राखेका दफाहरु वन ऐनमै रहेको र वनको कुरालाई भूमि ऐनमा ल्याएर हस्तक्षेप गर्न नहुने बताउनु भयो । सरकारले ल्याएको भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२, २०२१ साल भन्दा पनि पछि फर्किएको जिकिर गर्नुभयो । विधेयकमा सुकुम्वासी, स्ववासीलाई जग्गा दिने कुरा कतै नरहेको बताउनु भयो । जंगल मास्ने काममा नलाग्न पनि आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘यो विधेयक आवश्यक थिएन । विभिन्न बुँदाहरुमा हामीले राखेको विधेयकमा भएको दफाहरु वन ऐनमै छ । यसलाई भूमिमा ल्याएर त्यसलाई हस्तक्षेप गर्नेकुरा गर्न हुँदैन । यो विधेयक २०२१ साल भन्दा पछि फर्किएको छ । अझ अघि जानुपर्ने । जस्तो हदबन्दी खोल्नेकुराहरु छ । यो बेठिक छ । यो विधेयकको सैद्धान्तिक छलफल र अवधारणामा भनिएको छ । दलित, सुकुम्वासी, स्ववासीलाई दिने भनिएको छ । तर भित्र छिर्दा कतै भेटिँदैन । जंगल मास्ने हाम्रो काम होइन । हामीले जंगल मास्न हुँदैन ।’

सांसद राईले यो विधेयक जस्ताको त्यस्तै पास गरे पास गर्नै सबै कलंकित हुने बताउनु भयो । भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ मा परेका संशोधनका सम्बन्धमा संशोधनकर्ताहरुसँग छलफल भएको हो ।