२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना कोषमा जम्मा भएको रकम खर्च गर्न थालियो, कुन-कुन जिल्लामा पठाइयो बजेट



अ+ अ-

काठमाडौं । सरकारले कोरोना रोकथाम नियन्त्रण तथा उपचार कोषमा जम्मा भएको रकम कोषबाट पहिलो पटक दुई दर्जन जिल्लालाई पठाएको छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार कोषमा जम्मा भएको रकमबाट ५ करोड १७ लाख ७९ हजार रुपैयाँ खर्च गर्न जिल्लामा पठाइएको हो । 

सरकारले काठमाडौंस्थित नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का नाममा १ करोड ३९ लाख ७९ हजार रुपैयाँ पठाइएको छ । 

यस्तै जिल्ला अस्पताल डडेल्धुरा, किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र मकवानपुर, भरतपुर अस्पताल चितवन, जिपी कोइराला राष्ट्रिय स्वासप्रश्वास केन्द्र तनहुँ, दार्चुला, बैतडी, कञ्चनपुर, कैलाली, बर्दिया, बाँके, कपिलवस्तु र रुपन्देहीमा जिल्ला प्रशासन कार्यालयले खर्च गर्ने गरी रकम पठाइएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।

त्यस्तै नवलपरासी पश्चिम, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, सिराहा, सप्तरी, मोरङ, झापा र इलामको जिल्ला प्रशासन कार्यालयका नाममा समेत ५/५ लाखका दरले रकम पठाइएको छ । कोशी अस्पताल विराटनगर र गजेन्द्र नारायण सिंह अस्पताल सप्तरीलाई समेत कोषबाट क्रमशः १ करोड र ६८ लाख रुपैयाँ पठाइएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले पछिल्लो पटक सार्वजनिक गरेको तथ्यांकअनुसार कोरोना कोषमा २ अर्ब ३० करोड ५ लाख रुपैयाँ जम्मा भइसकेको छ ।