२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा दुई वर्षीया बालिकाको कोरोनाका कारण मृत्यु, आमा पनि संक्रमित



अ+ अ-

काठमाडौं । नेपालमा थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । बाजुरामा दुई वर्षीया बालिकाको कोरोना भाइरसका कारण मृत्यु भएको हो । 

जिल्ला अस्पताल बाजुराको आइसोलेसनमा उपचाररत उनको शनिबार राति करिब २ बजे मृत्यु भएको थियो । उनलाई १५ गते अस्पताल भर्ना गरिएको थियो ।

बालिकासँगै उनकी आमाको पनि कोरोना रिपोर्ट पोजेटिभ आएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका निर्देशक डा. गुणराज अवस्थीले जानकारी दिए । यद्यपि बाबुको कोरोना परीक्षण रिपोर्ट भने नेगेटिभ आएको छ ।