२१ आश्विन २०८३, बुधबार Wednesday, October 7, 2026
२१ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar राष्ट्रिय दलित आयोगद्वारा राष्ट्रपति पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेश News Polar हावाहुरी र वर्षाले कांग्रेसको बन्द सत्र प्रभावित, आजै प्रतिवेदन पारित गर्ने तयारी News Polar कांग्रेस महाधिवेशन : उम्मेदवारी फिर्ता र नामावली सच्याउन दिउँसो २ बजेसम्मको समय News Polar जनकपुरधाममा दशैँको तयारी तीव्र, राजदेवी मन्दिरसहित दर्जनौँ स्थानमा भव्य पूजा हुने News Polar पीपीएमा कडाइ गर्दै सरकार, खपत सुनिश्चित नभई सम्झौता नगर्ने ऊर्जामन्त्रीको संकेत News Polar राणाले गरे कांग्रेस महामन्त्रीमा उम्मेदवारी घोषणा, भने– ‘तरुण पंक्तिको प्रतिनिधित्व गर्छु’ News Polar केन्द्रिय सदस्यमा उम्मेदवारी दिएका विद्वान गुरुङ भन्छन्– मुलुकलाई नयाँ दिशा दिन र पार्टीलाई थप सशक्त बनाउने संकल्प छ News Polar नयाँ पुस्ताको जोश र पुरानो पुस्ताको अनुभवबाट काँग्रेसलाई सशक्त बनाउनुपर्छ : सुरेन्द्रराज पाण्डे News Polar संविधान र व्यवस्था जोगाउन युवाहरू आन्दोलन र जेल जान तयार हुनुपर्छ : महेन्द्र यादव News Polar गगन थापाको नेतृत्वमा कांग्रेस रूपान्तरण भएको फरमुल्लाह मन्सुरको दाबी News Polar कांग्रेसको बन्द सत्रमा सबैलाई प्रवेश खुला, प्रत्यक्ष प्रसारण हुने News Polar ७४ जिल्लामा स्क्रब टाइफस, नियन्त्रणका लागि सरकारको निगरानी तीव्र News Polar छ वर्षमा तीन हजार ५०० हेक्टर क्षेत्रफल सिँचाइ News Polar बाढी प्रभावित क्षेत्रमा गैरसरकारी संस्थाका राहत कार्यक्रम News Polar कांग्रेस महाधिवेशनको चौथो दिन बन्द सत्र, प्रतिवेदन पारित गर्दै सभापति थापाले सम्बोधन गर्ने News Polar ‘सत्ता र शक्तिवालाहरूले कानुन मिच्दा कृष्णलाल अधिकारीहरू जन्मन्छन्, मकैको खेती सुरु हुन्छ’ News Polar मध्यपहाडी लोकमार्ग : कास्कीमा तीन मोटरेबल निर्माण News Polar सुडानको टाविलामा बढ्दो मानवीय संकटः एक महिनामा ६ हजारभन्दा बढी विस्थापित News Polar ‘जलवायु न्याय माग्ने नेपालको आधार नै कमजोर’ News Polar मधेस विश्वविद्यालयद्वारा तीनवटा शैक्षिक कार्यक्रम विस्तार

समितिमा मन्त्री नआएपछि सांसदहरुको आक्रोशः मन्त्री र सरकार जवाफदेही नभए समिति नै खारेज गरौँ

समितिमा मन्त्री नआएपछि सांसदहरुको आक्रोशः मन्त्री र सरकार जवाफदेही नभए समिति नै खारेज गरौँ
अ अ+ अ-

काठमाडौँ । संसदीय समितिमा मन्त्री उपस्थित नभएको भन्दै सांसदहरुले आपत्ति जनाएपछि समितिको बैठक स्थगित रोकिएको छ ।

आईतवार सिंहदरबारमा राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठक बोलाइएको थियो । बैठकमा सिंहदरबारस्थित निर्माणाधिन संघीय संसद भवन निर्माणको हालको कार्यतालिका र सो कार्यतालिका कार्यान्वयन सुनिश्चित गर्ने मन्त्रालयको तयारी सम्बन्धमा छलफल गर्ने कार्यसूचि रहेको थियो । तर उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंह बैठकमा सहभागि नहुने सूचना आएसँगै सांसदहरुले बैठक नबस्न आग्रह गरे । समिति सदस्यहरुको आग्रहसँगै समिति सभापति ठाकुर गैरेले समितिको बैठक स्थगित गर्नुभयो ।

समितिको बैठकमा बोल्दै सभापति गैरेले संसद भवन निर्माण प्रगति र तीन महिना म्याद थपबारे तीन दिन भित्र लिखित जवाफ पठाउन समितिले निर्देशन दिएपनि मन्त्रालयले अटेर गरेको बताउनु भयो । समितिले दिएका निर्देशनमा मन्त्रालय जवाफदेही नबनेको बताउनु भयो ।  उहाँले भन्नुभयो, ‘संसद भवन निर्माण प्रगति र तीन महिना म्याद थपबारे तीन दिन भित्र लिखित जवाफ पठाउनुस् भनेर निर्देशन दिएका थियौँ । त्यो पत्र प्राप्त गर्न धेरै ठूलो समय लाग्यो । सभामुखज्युको कार्यकक्षमा नोकझोक टाइपको छलफलपछि बल्ल पत्र प्राप्त भयो । समितिप्रति र समितिले पठाएको पत्रको जवाफ पठाउने कुरामा पनि यस्तो भइरहेको छ । समितिले गरेको निर्देशनमा मन्त्रालय जवाफदेही बनोस् ।’

समितिको बैठकमा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद बुद्धिमान तामाङले किन म्याद थपियो भन्नेबारेमा मन्त्रालयले स्पष्ट जवाफ दिनुपर्ने बताउनु भयो । मन्त्री नै उपस्थित नभएपछि बैठक स्थगित गर्नुपर्ने बताउनु भयो । मिनि संसदले सरकारलाई असहज पार्ने नभइ बल पुगोस् भन्ने ध्येय रहेको बताउनु भयो । मन्त्रालयले समिति केही पनि होइन भन्ने सोच्न नहुने बताउनु भयो ।  उहाँले भन्नुभयो, ‘किन तीन महिना म्याद थपियो, केका आधारमा थपियो । तीन दिनभित्र किन पत्र पठाइएन ? मन्त्रीज्युलाई सोध्नलाई बैठक बोलाइएको हो । मन्त्रीज्यु नै उपस्थित नभएपछि यो बैठक स्थगित गर्नुपर्छ । मिनि संसदले सरकारलाई असहज पार्ने नभइ बल पुगोस् भन्ने ध्येय हो । समिति केही होइन भन्ने थाल्ने कुरा राम्रो भएन ।’

समितिको बैठकमा बोल्दै नेपाली काँग्रेसका सांसद देवप्रसाद तिमलसेनाले मन्त्री समितिले बोलाउँदा बैठकमा उपस्थित हुनैपर्ने बताउनु भयो । उहाँले समितिले दिएको पत्रको जवाफ नपठाउने, मन्त्री बोलाएको बेलामा नआउने भएन समिति खारेज गर्न माग गर्नुभयो । उहाँले भन्नुभयो, ‘मन्त्रीज्युलाई नै राखेर कुरा गर्ने भनेको हो । समितिले दिएका पत्रको पनि जवाफ नदिने, भनेको बेलामा मन्त्री पनि उपस्थित नहुने भनेपछि यो समिति किन राख्ने, खारेज गरिदिने हो की ? १० दिनअघि भनेपछि मन्त्री आउनुपर्छ । मन्त्री बोलाउँदा ठेकेदार पनि उठाउनुपर्छ ।’

समितिको बैठकमा बोल्दै नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले सरकारले संसदीय बैठकहरु सरकारको प्रतिनिधि नभइ चल्न नसक्ने धारणा राख्नुभयो । उहाँले मन्त्रीहरुलाई जे गरेपनि सरक्क छोडिदिने परिपाटी राम्रो नहुने बताउनु भयो ।  उहाँले भन्नुभयो, ‘हाम्रो समग्र संसदीय विषयवस्तुहरु पनि सरकारको प्रतिनिधि नभइकन संसदका बैठकहरु चल्दैन । हामी मन्त्रीहरुलाई खुरुखुरु छोडिदिने, त्यो बन्छ कसरी । बलियालाई छोड्दै छोड्दै जाने, उनले उजुरी दिएभने बोलाउँला । नत्र त सरकारलाई दिएको हो जिम्मेवारी । सहजीकरण गर्ने हो भने गर्नुपर्छ । किन म्याद थप भयो ? भन्ने हो । मन्त्रीज्यु आउनुहुन्न भने स्थगति गरौँ ।’

उहाँले सरकारले समय तोकेरै काम सक्ने भनेर अघि बढिसकेपछि के कारणले काम सकिएन भन्ने जवाफ दिनुपर्ने बताउनु भयो ।