१४ असार २०८३, आईतवार
,
Latest
वामपन्थी र देशभक्तहरू तत्काल एक हुनुपर्छ, ढिला गर्नु गल्ती हुन्छः संयोजक दाहाल मुलुकको राष्ट्रिय हितको विषयमा वर्तमान सरकारको रवैया शंकास्पद छः माधवकुमार नेपाल झलनाथ खनालको प्रश्न: महाकाली सन्धीले हामीलाई के दियो ? कोशी प्रदेशमा ४४ वटा एफएम रेडियो बन्द अनाडीहरूबाट संविधान संशोधन हुन सक्दैन: पूर्वप्रधानमन्त्री खनाल पाँच वर्षे दीर्घकालीन सोचसहित मौद्रिक नीति ल्याउनुपर्छ: पूर्वसचिव अर्याल वाम एकता भएको भए १०० सिट जित्थ्यौं, आजको सत्ता समीकरण नै फरक हुन्थ्योः झलनाथ खनाल झलनाथको प्रस्तावः अब वाम एकतालाई दीर्घकालीन बनाऔँ मदन–आश्रितको हत्या योजनाबद्ध थियो, सत्य अझै बाहिर आएन : झलनाथ खनाल यस वर्षको ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’ लेखक तथा अध्येता रमेश रुछेन राईलाई
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्व हिन्दू महासङ्घको अन्तर्राष्ट्रिय संयोजकमा डा. योगी



अ+ अ-

काठमाडौं । विश्व हिन्दू महासङ्घ नेपालले डा. चिन्तामणि योगीको संयोजकत्वमा अन्तर्राष्ट्रिय विभाग गठन गरेको छ । महासङ्घका वरिष्ठ उपाध्यक्ष भरतराज पौडेलका अध्यक्षतामा बसेको जुम प्रविधिको बैठकले विधानको परिच्छेद–७ को दफा २० उपदफा ‘ङ’ अनुसार सङ्गठनको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्थासँग सम्बन्ध बढाउन पूर्वीय एवं पाश्चात्य दुवै दर्शनका ज्ञान र विज्ञानका क्षेत्रमा विशिष्टता हासिल गरेका मूल्यमा आधारित शिक्षाका अभियानकर्मी योगीलाई सो जिम्मेवारी दिएको हो ।

विश्वव्यापीरुपमा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण फैलिएका विभिन्न देशमा रहेका नेपाली स्वदेश फर्कन चाहेकाले ल्याउने उचित प्रबन्ध गर्न पनि महासङ्घले माग गरेको महासचिव गणेशप्रसाद न्यौपानेले जानकारी दिए । नेपालीलाई मातृभूमि प्रवेश गरेपछि आधारभूत आवश्यकतासहितको क्वारेन्टिनमा राखी उपचारको प्रबन्ध गर्न पनि अनुरोध गरिएको छ ।

कोरोनाबाट बच्न जारी बन्दाबन्दीका क्रममा दैनिक ज्याला गरी खाने एवं विपन्न वर्गका नागरिकलाई अप्ठ्यारो परेकाले जीवन निर्वाह गर्न सक्ने व्यवस्था गर्न पनि महासङ्घले सरकारसँग माग गरेको छ । कोरोनाका कारण विश्वव्यापीरुपमा जीवन गुमाएकाहरुका लागि आआफ्नो धर्म संस्कृतिअनुसार दाहसंस्कार गर्ने व्यवस्था मिलाउन सम्बन्धित देशका सरकारसँग आह्वान गरिएको उनले सुनाए । यही जेठ १० गते रुकुम जिल्लाको चौरजहारी नगरपालिकामा भएको मानवीय क्षतिको घटनाको तत्काल निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कानूनी कारवाही गर्नुपर्ने महासङ्घको ठहर छ ।

नेपालको लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई भारतले अतिक्रमण गरी सडकसमेत निर्माण गरेका विषयमा सरकारले सुगौली सन्धिअनुरुपको राष्ट्रको नक्सा तयार गरेकामा बैठकले धन्यवाद ज्ञापन गरेको छ । सो सम्बन्धमा तत्काल कूटनीतिक वार्ताको वातावरण बनाई नेपालको सम्प्रभूतालाई कायम गर्न महासङ्घले आह्वान गरेको छ ।

पूर्वजले हजारौँ वर्ष पहिले अर्थात् सृष्टिदेखि नै विकास गरेको आदिभाषा संस्कृतलाई विश्वका अन्य देशले समेत अध्यापन गराउन थालेकाले कक्षा १ देखि नै ऐच्छिक विषयका रुपमा पाठ्यक्रममा लागू गर्ने सरकारको योजनालाई सफल बनाउन भूमिका खेल्ने प्रतिबद्धता महासङ्घले जनाएको छ ।