१ भाद्र २०८३, सोमबार
,
Latest
पूर्वाधार विकास मन्त्री लम्सालको स्वास्थ्यमा सुधार, चिकित्सकद्वारा पाँच दिन आराम गर्न सुझाव भारतीय स्थल सेनाध्यक्ष सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा साउनको दोस्रो पाक्षिक करदाता प्रोत्साहन पुरस्कार आज घोषणा हुँदै काभ्रेपलाञ्चोकमा जिप दुई दुर्घटनामा दुईको मृत्यु, तीन जना गम्भीर घाइते बागमतीका मुख्यमन्त्री बानियाँद्वारा राजीनामा घोषणा जलविद्युत क्षेत्रमा देखिँदै आएको ‘लाइसेन्स राज’को अन्त्य गर्छौंः मन्त्री श्रेष्ठ राष्ट्रिय सभाको शुन्य समयः रास्वपा सांसद सुनारलाई कारबाही गर्न माग बाढी पहिरोको जोखिम कम गर्न सांसदहरूले गराए सरकारको ध्यानाकर्षण प्रशारण लाइनको अभावमा ऊर्जा खेर जाने अवस्थाको अन्त्य हुनुपर्दछः सचिव दवाडी बंगलादेशका फोटो पत्रकारलाई पोखरा महानगरका मेयर आचार्यद्वारा स्वागत तथा बिदाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसिया कप दुबईमा हुने, भारत–पाकिस्तान २४ सेप्टेम्बरमा भिड्ने



अ+ अ-

काठमाडौँ । क्रिकेटको एसिया कप २०२५ युएईमा हुने भएको छ । प्रतियोगिता सेप्टेम्बर ९ मा सुरु भएर सेप्टेम्बर २८ सम्म चल्नेछ ।

भारत र पाकिस्तान एउटै समूहमा छन् । यी दुई टोलीबीचको पहिलो खेल सेप्टेम्बर १४ मा हुनेछ । यदि दुवै टोली सुपर–४ चरणमा पुगे भने यी दुई टोलीबीचको खेल सेप्टेम्बर २१ मा हुन सक्छ ।

भारतले एसिया कप २०२५ को आयोजना अधिकार पाएको छ, तर भारत र पाकिस्तानबीचको खराब सम्बन्धका कारण यो तटस्थ स्थानमा खेलाइनेछ ।

एसियाली क्रिकेट परिषद् (एसीसी)का अध्यक्ष मोहसिन नकवीले यो जानकारी दिएका छन् । प्रतियोगिता टी–२० ढाँचामा हुनेछ ।

पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)का अध्यक्ष पनि रहेका नकवीले पोस्ट गरे– ‘मलाई यो जानकारी गराउन पाउँदा खुसी लागेको छ कि एसीसी एसिया कप २०२५ अब आधिकारिक रूपमा सेप्टेम्बर ९ देखि २८ सम्म युएईमा खेलिनेछ । यो एक उत्कृष्ट प्रतियोगिता हुनेछ र हामी सबैले उत्कृष्ट क्रिकेट हेर्न पाउनेछौं ।’

भारत, पाकिस्तान, ओमान र युएई एउटै समूहमा परेका छन् । समूह बी मा श्रीलंका, बंगलादेश, अफगानिस्तान र हङकङ छन् । समूहका सबै टोलीले एकअर्का विरुद्ध १–१ खेल खेल्नेछन् ।

एसिया कप २०२३ पाकिस्तानले आयोजना गरेको थियो । तर, सुरक्षा कारणले गर्दा भारतले पाकिस्तान भ्रमण गर्न अस्वीकार गर्‍यो, त्यसपछि यो हाइब्रिड मोडेलमा खेलाइयो । भारतका सबै खेलहरू श्रीलंकामा आयोजना गरिएका थिए । श्रीलंकालाई हराउँदै भारतले एसिया कप २०२३ को उपाधि जितेको थियो ।