५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता

राष्ट्रिय सभाको शुन्य समयः रास्वपा सांसद सुनारलाई कारबाही गर्न माग

राष्ट्रिय सभाको शुन्य समयः रास्वपा सांसद सुनारलाई कारबाही गर्न माग
अ+ अ-

काठमाडाैँ । सांसदहरूले मुलुकमा व्याप्त खाना पकाउने ग्यास (एलपीजी) को अभाव, बाढी–पहिरोबाट भएको जनधनको क्षति र समसामयिक राजनीतिक तथा सामाजिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

राष्ट्रिय सभाको बैठकमा  ‘शुन्य समय’ मा बोल्दै सांसद गीता देवकोटाले बजारमा ग्यासको नियमित आयात भनिए पनि सर्वसाधारणले घण्टौँ लाइनमा बस्दा समेत ग्यास नपाएको गुनासो गर्नुभयो । उहाँले सरकार र मन्त्रीका भान्सामा अभाव नहुने तर जनताको चुलो नबल्ने अवस्थाको अन्त्य गर्न माग गर्दै पारदर्शी वितरण प्रणाली र कालोबजारी नियन्त्रणका लागि सरकारलाई रुलिङ गर्न माग गर्नुभयो ।

सांसद रञ्जित कर्णले ग्यासको हाहाकारसँगै विद्युतीय चुलो प्रयोग गर्न पनि ट्रान्सफर्मरले नधान्ने र दाउरा खोज्न वन ऐनले रोक्ने अवस्था रहेको उल्लेख गर्दै जनताले विकल्प नपाएकोमा आक्रोश व्यक्त गर्नुभयो । सांसद रोशनी मेचेले पनि झन्डै दुई तिहाईको सरकार हुँदा समेत नागरिकले आधारभूत आवश्यकताका लागि सास्ती भोग्नुपरेको भन्दै यसबारे सदनमा जवाफ दिन सरकारसँग माग गर्नुभयो ।

बैठकमा प्राकृतिक विपत्तिका कारण भएका क्षतिको विवरण पनि प्रश्तुत गरियो । सांसद मीना सिंह राखालले साउन २८ गतेदेखि परेको अविरल वर्षाका कारण रोल्पाको थवाङ र जाजरकोटको भेरी नगरपालिकामा गएको पहिरोमा परी ठूलो संख्यामा मानवीय र भौतिक क्षति भएको जानकारी दिनुभयो । उहाँले थवाङमा ११ घर पुरिएको र १३ जना बेपत्ता भएकोमा हालसम्म चार जनाको शव फेला परेको बताउँदै मृतकप्रति श्रद्धाञ्जली र घाइतेहरूको शिघ्र स्वास्थ्य लाभको कामना गर्नुभयो ।

यस्तै, सांसद वासुदेव घिमिरेले विपद् प्रभावितलाई निःशुल्क औषधि उपचार र विस्थापित परिवारलाई तत्काल राहतको व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो ।
सांसद चन्द्रबहादुर केसीले लेखा समितिको बैठकमा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीप्रति लक्षित गरी राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले व्यक्त गर्नुभएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै सम्बन्धित दललाई कारबाहीको दायरामा ल्याउन माग गर्नुभयो । उहाँले प्रधानमन्त्रीको सीमा सम्बन्धी विवादास्पद अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन समेत आग्रह गर्नुभयो ।

सांसद रामकुमारी झाँक्रीले सार्वजनिक पद धारण गरेका व्यक्तिहरूमाथि सामाजिक सञ्जाल र सञ्चार माध्यममार्फत भइरहेको ‘डिफेमिङ’ (मानमर्दन) र लाञ्छनाप्रति चिन्ता व्यक्त गर्नुभयो ।  उहाँले समाजमा प्रतिष्ठित व्यक्तिहरूलाई बाँच्न गाह्रो हुनेगरी भइरहेको चरित्र हत्याको प्रवृत्तिले सामाजिक मर्यादामा ह्रास पुगेको टिप्पणी गर्नुभयो ।