५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता

काभ्रेपलाञ्चोकमा जिप दुई दुर्घटनामा दुईको मृत्यु, तीन जना गम्भीर घाइते

काभ्रेपलाञ्चोकमा जिप दुई दुर्घटनामा दुईको मृत्यु, तीन जना गम्भीर घाइते
अ+ अ-

काठमाडाै । काभ्रेपलाञ्चोक जिल्लाको खानीखोला गाउँपालिका–१ स्याउरीथलीमा आज बिहान बोलेरो जिप सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन् ।

पनौती–तालढुङ्गा भित्री सडकखण्डअन्तर्गत स्याउरीथलीमा नम्बर नखुलेको बोलेरो जिप सडकबाट दुर्घटना भएको हो । दुर्घटनामा जिपमा सवार हाल नामथर र वतन नखुलेका दुई जनाको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी रबिन विष्टका अनुसार घाइतेको उद्धारका लागि प्रहरी परिचालन गरिएको छ ।

घाइतेलाई बेथानचोक गाउँपालिका–५ कामीडाँडास्थित खेलमैदानसम्म एम्बुलेन्समार्फत ल्याउने कार्य भइरहेको छ भने थप उद्धारका लागि हेलिकप्टरको समन्वय भइरहेको उहाँले जानकारी दिनुभयो । खानीखोला गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर तामाङका अनुसार घाइतेको उद्धारका लागि हेलिकप्टरको व्यवस्थापन गरिए पनि बाक्लो कुहिरोका कारण अवतरण गर्न नसकेपछि एम्बुलेन्समार्फत कामीडाँडासम्म ल्याउने तयारी गरिएको छ ।

कामीडाँडाबाट हेलिकप्टरमार्फत घाइतेलाई थप उपचारका लागि लैजाने प्रयास भइरहेको उहाँले बताउनुभयो । घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।