२८ भाद्र २०८३, आईतवार
,
Latest
जिप दुर्घटना अपडेडः मृतकको पहिचान खुल्यो प्रतिगामी कदम लामो समय टिक्न सक्दैनः ओली १२ दिनपछि कृष्णभीरमा ट्रायलका रूपमा एकतर्फी यातायात सञ्चालन, असोज १ बाट नियमित सञ्चालनको लक्ष्य स्रोत नखुलेको १३ लाख ७५ हजारसहित हुण्डी कारोबारमा युवक पक्राउ बदलिँदो जनसांख्यिक संरचनालाई समाजवादको आधार बनाउनुपर्नेमा विज्ञहरूको जोड कृष्णभीरबाट सवारीसाधन आवागमनको परीक्षण सफल, सडक पूर्ण सञ्चालनको तयारी तीव्र हरिओम र निरजको जोडीलाई ब्याडमिन्टनको उपाधि कृष्णभीरमा ग्यास बुलेट र हेभी सवारीका लागि सडक खुलाउने तयारी नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त गरी वित्तीय स्वायत्तता प्रदान गर्न नयाँ ऐन निर्माणको गृहकार्यमा सरकार प्राचीन नागेश्वर मन्दिरअघि वर्षात्ले जम्मा गरेको माटोले प्रवेशमा समस्या
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलियातर्फ 



अ+ अ-

काठमाडौँ। अष्ट्रेलियामा आयोजना हुने ‘टप एन्ड टी–२० सिरिज’मा सहभागिता जनाउने नेपाल ‘ए’ क्रिकेट टोलीको बिदाइ गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले आज यहाँ आयोजित कार्यक्रमबीच टोलीको बिदाइ गरेको हो ।

टोलीलाई क्यानका उपाध्यक्ष रोशनकुमार सिंह, सदस्य वीरेन्द्रबहादुर चन्दलगायतले बिदाइ गर्नुभयो । उपाध्यक्ष सिंहले टोलीलाई शुभकामना दिँदै उत्कृष्ट नतिजाको आशा राखेको बताए ।

“नेपाली टोलीले जित्दा सबैले प्रशंसा पाउँछौँ । हार्दा बढी प्रश्न खेलाडीभन्दा क्यानमाथि तेस्र्याइन्छ । यसपालि हाम्रा खेलाडीले उत्कृष्ट खेल्नेमा आशावादी छौँ”, उपाध्यक्ष सिंहले भने ।

टप एन्ड टी–२० सिरिजमा नेपाल ‘ए’ को कप्तानी अनिलकुमार साहले गर्नेछन् । टोलीमा कुशल भुर्तेल, लोकेश बम, मयन यादव, तृतराज दास, कुशल मल्ल, राशिद खान, पवन सर्राफ, दीपक डुम्रे, शाहब आलम, विपिन खत्री, रिजन ढकाल, नारायण जोशी, आकाश चन्द र युवराज खत्री पनि रहेका छन् ।

प्रतियोगिता अस्ट्रेलियाको नर्थन टेरिटोरीमा हुनेछ । अगस्ट २१ तारिखदेखि सुरु हुने उक्त सिरिजमा नेपालले लिग चरणमा ६ खेलमा प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको पहिलो खेलमा नेपालले २१ अगस्टमा एनटी स्ट्राइकको सामना गर्नेछ । नेपालले दोस्रो पटक टप एन्ड टी–२० सिरिज खेल्न लागेको हो ।
–––