२ पुष २०८२, बुधबार
,
Latest
त्रिनगर नाकाबाट रोजगारीका लागि भारततर्फ जानेको भीड तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानका लागि बोलाउने जेन–जी आन्दोलन जाँचबुझ आयोगको तयारी सिरहामा सशस्त्र प्रहरीको नवनिर्मित ब्यारेक भवनको उद्घाटन माछा मार्न गएका एक पुरुष मृत फेला सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार लुम्बिनी बौद्ध विश्वविद्यालयमा विदेशी विद्यार्थीको आकर्षण नेपाल अफगानिस्तानसँग पराजित किराँत राईको धर्मसंस्कृति र परम्परा झल्काउने पार्क निर्माण जनताले बिकल्प खोजेका छन् , राष्ट्रबादी शक्ति नै अबको बिकल्प – कमल थापा पोखरा महानगरपालिका स्थापना दिवसः ‘पोखरेली नवरत्न’बाट नौ जना सम्मानित
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजस्व अनुसन्धान पथलैयामा बढ्यो राजस्व चुहावट



अ+ अ-

वीरगञ्ज, (पर्सा) । पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयले गत आर्थिक वर्षमा राजस्व चुहावट धरौटीबापत रु ११ करोड ७६ लाख ८५ हजार सङ्कलन गरेको छ ।

कार्यालयले आव २०८०-८१ को तुलनामा गत आवमा मात्र ९२ दशमलव ५० प्रतिशत बढीले राजस्व चुहावटबापतको धरौटी रकम सङ्कलन गरेको हो । जबकि कार्यालयले अघिल्लो आवमा भने रु छ करोड ११ लाख ३५ हजार राजस्व चुहावट धरौटी सङ्कलन गरेको छ । कार्यालयका राजस्व अनुसन्धान अधिकृत हरिप्रसाद शर्माले गत आवमा राजस्व चुहावट धरौटीबापतको रकम ह्वात्तै वृद्धि भएको जानकारी दिनुभयो ।

“यो राजस्व सङ्कलन गर्ने निकाय नभएका कारण यस कार्यालयले गर्ने कामको प्रभाव अन्य निकायको राजस्व सङ्कलनमा देखिने गर्छ”, उहाँले भन्नुभयो । कार्यालयले गत आवमा मात्र राजस्व चुहावट र विदेशी विनिमयमा १४–१४ गरी गरी २८ मुद्दा दर्ता गरेको छ । जबकि अघिल्लो आवमा भने राजस्व चुहावट तीनवटा र विदेशी विनियममा ११ वटामात्र मुद्दा दर्ता भएको थियो ।

कार्यालयले गत आवमा राजस्व चुहावटको १४ मुद्दा दर्ता गरेको छ । जबकि अघिल्लो आवमा भने तीनवटा मात्र राजस्व चुहावटको मुद्दा दर्ता भएको थियो । कार्यालयले गत आवमा राजस्व चुहावट मुद्दाको मागदाबी रकम रु ७६ करोड ३५ लाख ३६ हजार रहेको छ । जबकि अघिल्लो आवमा भने कार्यालयले राजस्व चुहावट मुद्दाको मागदाबी रकम भने रु चार करोड ५४ लाख ११ हजार रहेको थियो ।

कार्यालयले गत आवमा लिलाम बिक्रीबापत रु पाँच करोड ४९ लाख १८ हजार रकम बराबरको गरेको छ । जबकि अघिल्लो आवमा भने रु ८४ लाख ८६ हजार बराबरको वस्तु तथा सामान लिलाम बिक्री गरेको थियो । कार्यालयमा गत आवमा भिसीटिएस जरिवानाबापत रु ९९ लाख ९८ हजार रकम दाखिला भएको थियो । जबकि अघिल्लो आवमा भने भिसीटिएस जरिवानाबापत रु ९८ लाख १५ हजार सङ्कलन भएको छ । रासस