२२ भाद्र २०८३, सोमबार
,
Latest
पीडितले सरकारको अभाव महसुस गर्न नपरोस्ः सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने हेलिकप्टरले लैजानुपर्ने ठाउँबाहेक अन्य स्थानमा राहत पुगिसक्यो, उद्धार कार्य जारीः कार्यकारी प्रमुख डा.उप्रेती बाढी विस्थापित नागरिकलाई सेल्टरमा राख्न र खाद्यान्न तथा बसोवास व्यवस्थापनको जिम्मेवारी वागमती प्रदेश सरकारले लिने झापाबाट २२ हात्ती भारत तर्फ जलविद्युतका सुरुङमा उद्धार जारी, ‘ब्रेक थ्रु’ नभएसम्म खोजी नरोकिने बाढीपहिरो विपद् व्यवस्थापनमा अग्रपंक्तिमा नेपाल स्काउट, उद्धारदेखि पुनःस्थापनासम्म सक्रिय बाढी प्रभावितको उपचारका लागि १७९ पिन्ट रगत सङ्कलन ग्यासको लाममा वन्धक बाल्यकालः पाँच कक्षामा पढ्ने मनिष भन्छन्–‘नेता फेरिए, हाम्रो पालो फेरिएन’ विपद्को सामना गर्न राजनीतिक मतभेद त्यागेर एकजुट हुन निधीको आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

तरुण दलको महाधिवेशन मंसिर २६ मै हुने अध्यक्ष गुरुङको घोषणा



अ+ अ-

जुम्ला। नेपाल तरुण दलका अध्यक्ष विद्धान गुरुङले पार्टीको पाँचौं केन्द्रीय महाधिवेशन मंसिर २६ गते नै हुने स्पष्ट पारेका छन्। उनले महाधिवेशनको तयारीलाई केन्द्रीय कार्यसमितिले विशेष महत्वका साथ अगाडि बढाइरहेको जानकारी दिए।

जुम्लामा सम्पन्न तरुण दलको पाँचौं जिल्ला अधिवेशनमा सम्बोधन गर्दै अध्यक्ष गुरुङले झन्डै १० वर्षपछि हुन लागेको महाधिवेशन ऐतिहासिक हुने बताउँदै देशभरका युवा नेताहरूलाई जिम्मेवारीपूर्वक सक्रिय रहन आग्रह गरे।

‘लामो समयपछि जुम्लामा अधिवेशन हुन लागेको हो,’ उनले भने, ‘महाधिवेशनमा जुम्लालाई विशेष प्राथमिकतामा राख्ने मेरो व्यक्तिगत संकल्प छ।’ गुरुङले तरुण दललाई संगठनात्मक रूपमा बलियो बनाउने उद्देश्यले सबै तहमा सक्रियताको खाँचो रहेको धारणा राखे।

कार्यक्रममा नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डीना’, केन्द्रीय सदस्य कान्तिका सेजुवाल, कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही, नेता दलबहादुर शाही लगायतले अधिवेशनको सफलताको शुभकामना दिएका थिए।




भर्खरै