१ भाद्र २०८३, सोमबार
,
Latest
विद्युतमा लगाइएको भ्याट र महशुल वृद्धिको विरोध गर्दै उज्यालो नेपाल पार्टीद्वारा आन्दोलनको घोषणा पूर्वाधार विकास मन्त्री लम्सालको स्वास्थ्यमा सुधार, चिकित्सकद्वारा पाँच दिन आराम गर्न सुझाव भारतीय स्थल सेनाध्यक्ष सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा साउनको दोस्रो पाक्षिक करदाता प्रोत्साहन पुरस्कार आज घोषणा हुँदै काभ्रेपलाञ्चोकमा जिप दुई दुर्घटनामा दुईको मृत्यु, तीन जना गम्भीर घाइते बागमतीका मुख्यमन्त्री बानियाँद्वारा राजीनामा घोषणा जलविद्युत क्षेत्रमा देखिँदै आएको ‘लाइसेन्स राज’को अन्त्य गर्छौंः मन्त्री श्रेष्ठ राष्ट्रिय सभाको शुन्य समयः रास्वपा सांसद सुनारलाई कारबाही गर्न माग बाढी पहिरोको जोखिम कम गर्न सांसदहरूले गराए सरकारको ध्यानाकर्षण प्रशारण लाइनको अभावमा ऊर्जा खेर जाने अवस्थाको अन्त्य हुनुपर्दछः सचिव दवाडी
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्यानचेस्टरमा जो रुटले बनाएका ५ रेकर्डहरू



अ+ अ-

काठमाडौँ । शुक्रबार म्यानचेस्टर टेस्टको तेस्रो दिन जो रुटले ५ रेकर्ड बनाए । उनी टेस्टमा सबैभन्दा धेरै रन बनाउने विश्वका दोस्रो ब्याट्सम्यान बने ।

उनले अष्ट्रेलियाका रिकी पोन्टिङ, दक्षिण अफ्रिकाका ज्याक कालिस र भारतका राहुल द्रविडलाई पछि पारे ।

रुटले आफ्नो ३८ औं शतक पनि बनाए । उनी भारत विरुद्ध सबैभन्दा धेरै शतक बनाउने ब्याट्सम्यान पनि बने । शुक्रबार, इंग्लिस टोलीले दिनको खेल समाप्तिसम्ममा ५४४–७ रन बनाएको थियो । भारतको पहिलो इनिङ्सको ३५८ रनको स्कोरको आधारमा, इङ्ग्ल्याण्डले १८६ रनको अग्रता लिएको छ ।

रुटका रेकर्डहरुः
टेस्टमा दोस्रो सर्वाधिक रन बनाउने खेलाडी
जो रुट टेस्ट क्रिकेटमा दोस्रो सर्वाधिक रन बनाउने खेलाडी बनेका छन् । उनी अब भारतीय महान खेलाडी सचिन तेन्दुलकरको १५,९२१ रनको विश्व रेकर्डभन्दा मात्र पछि छन् । रुटले तेस्रो दिन रिकी पोन्टिङ, ज्याक कालिस र राहुल द्रविडलाई पछि पारे । रुटले १३,४०९ रन बनाएका छन् ।

रुट भारतविरुद्ध टेस्टमा सबैभन्दा धेरै शतक बनाउने ब्याट्सम्यान
जो रुट भारत विरुद्ध सबैभन्दा धेरै शतक बनाउने ब्याट्सम्यान पनि बने । उनको नाममा अब १२ खेलमा १२ शतक छ । उनले अष्ट्रेलियाका स्टिभ स्मिथलाई पछि पारे, जसले ११ शतक बनाएका छन् ।

३८ औं शतक प्रहार
जो रुटले चौका प्रहार गर्दै आफ्नो टेस्ट करियरको ३८ औं शतक बनाए । उनले सबैभन्दा धेरै शतक बनाउने ब्याट्सम्यानको सूचीमा श्रीलंकाका दिग्गज कुमार संगाकारा (३८ शतक) को बराबरी गरेका छन् ।

म्यानचेस्टरमा १००० रन बनाउने पहिलो खेलाडी
इंग्लिस ब्याट्सम्यान जो रुटले म्यानचेस्टरमा एक हजार रन पूरा गरे । यसका लागि उनले २० इनिङ्सको सामना गरे । रुटपछि डेनिस कम्प्टनको नाम सूचीमा छ । ओल्ड ट्राफोर्डमा उनको ८१८ रन छ ।

टेस्टमा दोस्रो सर्वाधिक ५० भन्दा बढी स्कोर गर्ने खेलाडी
जो रुट टेस्ट क्रिकेटमा ५० भन्दा बढी स्कोर गर्ने दोस्रो ब्याट्सम्यान बने । उनले यो उपलब्धि १०४ औं पटक हासिल गरे । रुटले रिकी पोन्टिङ र ज्याक कालिसलाई पछि पार्दै यो स्थान हासिल गरेका हुन् । सूचीमा सचिन तेन्दुलकर ११९ का साथ शीर्षस्थानमा छन् । यस्तै पोन्टिङ र कालिसले १०३ पटक ५० भन्दा बढी रन बनाएका छन् ।